22.1 C
Kathmandu
Saturday, May 24, 2025
spot_img
Homeगृहपृष्ठकर्मचारीहरुकोको तह मिलान कानुनसंगत भएको छ : भक्तपुर क्यान्सर अस्पताल RD Creation

कर्मचारीहरुकोको तह मिलान कानुनसंगत भएको छ : भक्तपुर क्यान्सर अस्पताल RD Creation

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले अस्पतालमा कार्यरत कर्मचारीहरुकोको तहमिलान कानुन तथा नियमसंगत भएको स्पस्ट पारेको छ। अस्पतालले पत्रकार सम्मेलन मार्फत सो  बिषयलाई स्पस्ट पारेको हो। पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक डाः उज्वल चालिसेले लामो समयदेखि कर्मचारीको बढुवा रोकिएर बसेको स्मरण गराउदै यसपल्ट कर्मचारी तहमिलानको निर्णय गरिएको बताए । 

डा.चालिसेले भने – ‘सबै प्रक्रिया पूरा गरेर अध्ययन समिति, विभिन्न सिफारिस समितिको सिफारिसको आधारमा मन्त्री परिषदबाट निर्णय भएको हो, त्यसलाई कार्यन्वयन गरेका हौँ,’ उनले भने, ‘यस विषयमा बाहिर आएका कुरा अफवाह मात्र हुन।  कस्ले के इन्ट्रेस्टमा के लेख्यो त्यो सत्य होइन ।’

कर्मचारीको तहमिलान मन्त्री परिषदबाट निर्णय भइसकेको र बर्सौँदेखि अन्यामा परेका कर्मचारीले न्याय पाएकोले कसैले बिरोध गर्नुको तुक नभएको समेत उनले उल्लेख गरे । 

उहाँले सामाजिक सञ्जालमा आएका विषयलाई खन्डन गर्दै यसमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । सो अस्पतालका वरिष्ठ प्रशाशक राजाराम तजलेले कर्मचारी तहमिलान गर्दा सबै कर्मचारीको फाइल अध्यन गरि विभिन्न समितिमार्फत नै भएको बताए ।

- Advertisement -

तह मिलानको निर्णयले अस्पतालका सबै कर्मचारी लाई न्याय गरेको  तथा मनोबल वृद्धि भएको, ब्यक्तिगत क्षमता वृद्धि बिकासमा समेत टेवा पुगेको उनले भनेका छन् । सबै कर्मचारीको फाइल, काम अनुभव लगायत  कुराहरु अध्यन प्रतिबेदन समितिको आधारमा कर्मचारीको नाम  सिफारिस गरि तह मिलानको निर्णय हुने पनि  प्रशाशक राजाराम तजलेले बताए । उनले अस्पतालमा कार्यरत कर्मचारीहरुको तहमिलान कार्यले आफुहरु काम गर्न थप उत्साहित भएको बताएका छन । 


अस्पतालमा कार्यरत कर्मचारीहरुले सामुहिक रुपमा पत्रकारहरु सङ कुरा गर्दै बर्षौँदेखि काम गर्दा पनि तह मिलानको निर्णय नहुँदा आफुहरु सधै थेचारिएर बस्नु परेको बताएका छ्न।

२७ बर्स सम्म अस्पतालमा काम गर्दा यसपल्ट अस्पताल बिकास समितीले गरेको कर्मचारी तह मिलानको निर्णयले आफुहरुलाई ठूलो हौसल मिलेको र न्याय पाएको बिचार व्यक्त गरेका छन । 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १३:०६



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments