24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठकांग्रेसको नेतृत्वमा सरकार बने माओवादीले सघाउँछ : प्रचण्ड

कांग्रेसको नेतृत्वमा सरकार बने माओवादीले सघाउँछ : प्रचण्ड


काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र नामले मात्रै नभएर कामले बाँच्नुपर्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले दलहरुले राम्रो काम गरेर गणतन्त्रलाई थप सुदृढ गराउनुपर्ने र कामले यसलाई स्थापित गराउनुपर्ने बताएका हुन् ।

हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको विषयमै कुराहरु उठाएको उनले बताए । प्रचण्डले गणतन्त्र सुदृढीकरण गर्ने विषयमा कसैको पनि दुईमत नरहेको र पहिलादेखि नै आफूहरुबीच सहमति नै रहेको बताए ।

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा माअ‍ोवादीले सघाउने बताए । तर, अहिलेकै अवस्थामा माओवादी सरकारमा पनि नजाने र सत्तारुढ दललाई सघाउन पनि नसकिने प्रचण्डको भनाइ छ । सरकारको विषयलाई लिएर अहिले कांग्रेस–एमालेमा ठूलो मतभेद रहेको उनले बताए । कांग्रेस–एमाले गठबन्धन सरकार धेरै लामो समय नटिक्ने प्रचण्डको दाबी छ ।

अध्यक्ष प्रचण्डले अहिले गणतन्त्र खतरामा छ भन्ने कुरा गलत रहेको बताए । जनमतको दृष्टिकोणबाट गणतन्त्र खतरामा छैन भन्ने पुष्टि हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments