20.1 C
Kathmandu
Tuesday, October 15, 2024
spot_imgspot_imgspot_img
Homeमनोरञ्जनकात्तिक दोस्रो साताबाट ‘द भ्वाइस किड्स’

कात्तिक दोस्रो साताबाट ‘द भ्वाइस किड्स’

नेपालमा पछिल्लो समय रियालिटी शोलाई दर्शकले रुचाउन थालेका छन् । रियालिटी शो लोकप्रिय भइरहेपछि टेलिभिजनहरू शो भित्र्याउन तत्पर छन् । नेपालमा डान्स र गायनको रियालिटी शो रहे पनि बालबालिकाको लागि भने बल्ल सुरु भएको छ । केही दिनअघि सारेगामापा लिटल च्याम्स सुरु भएको थियो भने अब द भ्वाइस किड्स पनि सुरु हुने भएको छ ।
विश्वका १ सय १३ देशमा फ्रन्चाइज शोको रूपमा सञ्चालन भइरहेको रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो ।
कात्तिक दोस्रो साताबाट हरेक शुक्रवार र शनिवार बेलुकी ८ बजेबाट हिमालय टिभीबाट प्रसारण हुने ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो
डिजिटल अडिसनमा १० हजारभन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ वर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी गराइने आयोजकले जनाएको छ ।
‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् ।

साभार सैलुङ अन्लाईन

RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments