कालिकोट । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप कालिकोटमा ३ हजार ८ सय ८४ जना किशोरीलाई लगाइएको छ । माघ २२ गतेदेखि खोप लगाउन सुरु गरिएको कालिकोटमा अहिलेसम्म उक्त संख्याका किशोरीलाई खोप लगाइएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
८ हजार ८ सय १४ जना किशोरीलाई खोप लगाउने लक्ष्यराखेको कालिकोटले यहाँका पलाता गाउँपालिका, पचालझरना, रास्कोट र सान्नित्रिवेणी गाउँपालिका गरी जम्मा चारवटा पालिकामा खोप लगाएको खोप सम्र्पक व्यक्ति तथा जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए ।
उनका अनुसार माघ २२ गतेदेखी कालिकोटमा सुरु गरेका थियौँ चारवटा पालिकामा खोप लगाएर सकिएको छ । अहिलेसम्म तिनहजार आठसय ८४ जना किशोरीलाई खोप लगाइसकेका छौ । यो खोपको असर अहिलेसम्म केही कतै पनि नदेखिएको बताएका छन ।
२२ माघबाट सरकारले देशभर जस्तै कालिकोटका विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप अभियान सञ्चालन गरेका थियौँ महतले भने”। पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप निःशुल्क दिने भएको महतको भनाई छ ।
आइतवार खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले पनी मान्म बजारको महादेव मावीमा खोप कार्यक्रमको शुभारम्भ गरेर खोल लगाउन सुरु गरेको छ ।
नगरप्रमुख कमलबहादुर शाही, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागितामा खोप सुभारम्भ गरिउको छ । आज नरहरीनाथ, खाँडाचक्र र शुभकालिकामा खोप संचालन भइरहेको छ । यस्तै फाल्गुण ४ गते देखी ६ गतेसम्म महावै र तिलागुफा नगरपालिकामा खोप लगाइने जनाइएको छ ।
उनले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो अभियान हुने बताए । तर यो अभियान यस वर्षको मात्र होइन । यसलाई नियमित खोपको कार्यक्रममा समावेश गरिनु पर्ने नगरप्रमुख शाहीले बताए ।
यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चिकित्सकका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ । यो अभियानलाई सहयोग गर्न सवैलाई आग्रह गरे ।
यो खोप किशोरीलाई अनिवार्य भएकाले नगरक्षेत्र भित्र रहेका किशोरीहरुले निशुलक लगाईने भएकाले सवैलाई खोप लगाउन नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले आग्रह गरे ।
‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरसविरुद्धको खोप दिन लागिएको हो । अनुसार करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका छन् ।
(Visited 5 times, 1 visits today)




