23.1 C
Kathmandu
Friday, September 20, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठकिरात याक्थुङ चुम्लुङ कुवेतको चौथो अधिवेशनबाट देबि चेम्जोङ अध्यक्षमा

किरात याक्थुङ चुम्लुङ कुवेतको चौथो अधिवेशनबाट देबि चेम्जोङ अध्यक्षमा

आर डि क्रीएशन/ ९ फेब्रुअरी, कुवेत। किरात याक्थुङ चुम्लुङ कुवेतको आठौँ वार्षिकोत्सव तथा चौथो अधिवेशन हिजो कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा भव्यताका साथ सम्पन्न भएको छ। बलबहादुर काम्बाङ्को सभापतित्व, नेपाली दूतावास कुवेतको महामहिम राजदूत यज्ञबहादुर हमालको प्रमुख आतिथ्यमा तथा महामहिम धर्मपत्नी रिता हमालको बिशिस्ट अतिथ्यतासंगै सो कार्यक्रम भब्य समपन्न हो।

कुवेतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा सम्पन्न सो कार्यक्रममा कुवेतमा निक्कै सक्रीया संस्थाहरु किरात राई यायोक्खा कुवेत, सुनुवार सेवा समाज कुवेत र आयोजक संस्था किरात याक्थुङ चुम्लुङ कुवेतले महामहिम दम्पतिलाइ दोसल्ला ओढाइ सम्मानपत्र सहित बिदाई तथा सम्मान गरेका छन। आफ्नो चार बर्षे कार्यकाल पूरा गरि निकट भबिस्यमा नै नेपाल फर्किँदै गरेको अवसरमा तीन ओटै किराँती संस्थाहरुले महामहिम दम्पतिलाइ बिदाई तथा सम्मान गरेको हो। कुवेतमा क्रीयाशिल झन्डै ६ दर्जन बढी संघ संस्थाहरुले पालै पाई नपाइ राजदूत दम्पतिलाइ बिदाइ तथा सम्मान गरिरहेका छन। राजदूत हमालको कार्यकालमा नेपाली समाज र घरेलु कामदारका समस्याहरु समाधान तथा नेपाल कुवेतबिच राम्रो कुटनैतिक सम्बन्ध कायम गर्न सफल भएको भन्दै उक्त कार्यको कद्दर गर्दै कुवेतका संघ संस्थाहरुले राजदूत हमाललाइ सम्मानको ओइरो लगाएका छन। यो भन्दा केही महिना पहिले वहाँकै कार्यकालका प्रथम सचिव भोगेन्द्र लिंदेनलाइ पनि यसरि नै भ्याइ नभ्याइ बिदाइ तथा सम्मान गरिएको थियो।

उक्त सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक हरि लावतीले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष नरेन्द्र थाम्सुहाङबाट कार्यक्रमको सहजीकरण गरिएको थियो । कार्यक्रममा डिसी नेपालका माधब शाही, किरात राई यायोख्खा कुवेतका अध्यक्ष मञ्जीत राई, लुम्बिनी समाज नेपाल, कुवेतका अध्यक्ष रुपेन हमाल, तमु सेवा समाज कुवेतका अध्यक्ष राजु गुरुङ, संघिय लिम्बुवान सामाजिक मञ्च कुवेतका महासचिब सन्तोस राई, आदिबासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेबि पौडेल, नेपाली दूतावास कुवेतका राजदूत महामहिम यज्ञबहादुर हमालले शुभकामना मन्तव्य राख्नुभएको थियो।

बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा महासचिव अर्जुन एक्तेन लिम्बुले चुम्लुङको कार्य प्रगती प्रतिवेदन, कोषाध्यक्ष ऐनारसिं आङलाबाट आर्थिक प्रतिबेदन र देबि चेम्जोङबाट कार्यनीति प्रस्तुत गरिएको थियो।
दुर्गा चेम्जोङको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचित घोषणा गरेको नयाँ कार्यसमितिको नामावलीः

संस्थापक संरक्षक
१. संरक्षक श्री पुर्ण चेम्जोङ
२. संरक्षक श्री दिपक खिम्दीङ
३. संरक्षक श्री दुर्गा चेम्जोङ
४. संरक्षक श्री कान्तिश्वर लिम्बु
५. संरक्षक श्री नेत्र लावती

सल्लाहकार समिति
१. सल्लाहकार श्री बल ब. काम्बाङ
२. सल्लाहकार श्री अरुण लिम्बु
३. सल्लाहकार श्री आर.पि. लिम्बु
४. सल्लाहकार श्री हरि लावती
५. सल्लाहकार श्री अर्जुन याक्तेन
६. सल्लाहकार श्री देउ कुमार लिम्बु
७. सल्लाहकार श्री नरेश नेम्बाङ
८. सल्लाहकार श्री सुमन लिम्बु

कार्यकारी समिति
१. अध्यक्ष श्रीमती देवि चेम्जोङ
२. उपाध्यक्ष श्री नरेन्द्र थाम्सुहाङ मिक्वा
३. उपाध्यक्ष श्री एनआर सिङ आङला
४. उपाध्यक्ष श्री रुद्र थोक्लेन लिम्बु
५. उपाध्यक्ष श्री लिला चेम्जोङ
६. महासचिव श्री अशोक योङहाङ
७. सचिव श्री अर्जुन जवेगु
८. सह–सचिव श्री आश बहादुर तिगेला
९. कोषध्यक्ष श्री बिजय लिम्बू
१०. सह–कोषध्यक्ष श्री पुर्णिमा पोमु
११. सदस्य श्री सुरितहाङ लिम्बु (तुतु तुम्याहाङ)
१२. सदस्य श्री दिल तुम्रोक
१३. सदस्य श्री दिल कुमार सुहाङ
१४. सदस्य श्री निरा कन्दवा
१५. सदस्य श्री बिरेन्द्र चेम्जोङ
१६. सदस्य श्री ईन्द्र मादेन
१७. सदस्य श्री बिरु लिम्बु
१८. सदस्य श्री दिनेश लिम्बु
१९. सदस्य श्री तिल लिम्बु
२०. सदस्य श्री मञ्जु लिम्बु
२१. सदस्य श्री पुष्पा लिम्बु
२२. सदस्य श्री प्रेम लिम्बु
२३. सदस्य श्री रवि चेन्जी माबो
२४. सदस्य श्री भावना लिम्बु
२५. सदस्य श्री लक्ष्मी थेगिम
२६. सदस्य श्री रत्न नेम्बाङ
२७. सदस्य श्री बिध्या चेम्जोङ
२८. सदस्य श्री हाङसिङ चेम्जोङ
२९. सदस्य श्री अर्जुन थक्लुङ लिम्बु
३०. सदस्य श्री बिमला नुगो
३१. सदस्य श्री अनिस लिम्बु
३२. सदस्य श्री इन्दिरा कन्दवा
३३. सदस्य श्री सुकमाया साम्बा

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments