Sunday, November 9, 2025
spot_img
Homeगृहपृष्ठकिरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्सव तथा चौथो अधिवेशन फेब्रुवरी ८ मा

किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्सव तथा चौथो अधिवेशन फेब्रुवरी ८ मा

आर डि क्रीएशन/७ जनवरी, कुवेत। किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन ८ फेब्रुवरी २०१९ तारिक शुक्रबारको दिन गर्ने भएको छ । गत जनवरी ४ तारिक फर्वानिया पार्कमा चुम्लुङका अध्यक्ष श्री बल बहादुर काम्बाङको अध्यक्षतामा बसेको मासिक बैठकले उक्त निर्णय गरेको थियो । लिम्बु जातिहरुको मौलिक परम्परा झल्किने प्रस्तुतीहरु साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा आठौं वार्षिकोत्सव तथा चौथो अधिवेशन तय भएको जानकारी प्राप्त भएको छ। “हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो भाषा–लिपि हाम्रो सान” भन्ने नाराका साथ हुन लागेको कार्यक्रमको संयोजक किरात याक्थुङ चुम्लुङ, कुवेतका पुर्व उपाध्यक्ष श्री हरि लावतीलाई जिम्मेवारी दिइएको छ । कुवेतमा क्रियाशिल सबै संघ संस्थाहरुसंग सहकार्य र हातेमालो गर्दै आएको यस चुम्लुङले सोहि दिन नया कार्यसमिती चयन गर्ने छ भने फर्वानिया स्थीत यूनिक अडिटोरियम हलमा कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम सफल पार्नको लागि कुवेतमा क्रियाशिल सम्पुर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिबी, समाजसेबी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि किरात याक्थुङ चुम्लुङले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने;
मिति : फेब्रुवरी ८, २०१९ शुक्रबार ।
स्थान : यूनिक अडिटोरियम हल, फर्वानिया ।
समय : मध्यान्ह १२:०० बजेदेखि ५:०० बजे सम्म ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments