Thursday, April 16, 2026
spot_img
Homeगृहपृष्ठकुवेतको नेपाली दूतावासद्वारा ७५९ जना घरेलु कामदारको उद्दार

कुवेतको नेपाली दूतावासद्वारा ७५९ जना घरेलु कामदारको उद्दार

कुवेतस्थित नेपाली दूतावासले विभिन्न कारणले पीडित भइ दूतावासको शरणमा आएका ३६९ जना घरेलु कामदारको उद्दारको सम्पुर्ण प्रकृया पुरा गरेर नेपाल पठाएको जनाएको छ । यो संख्या महामहिम राजदूत घनश्याम लम्सालले कार्यभार सम्हाले उप्रान्तको तथ्यांक हो । सोही अवधिमा दूतावास बाहिर बसेका अन्य ३९० जना घरेलु कामदारलाइ दूतावासको समन्वय र सहजीकरणमा कानुनी प्रकृया पुरा नेपाल पठाउने व्यवस्था गरिएको राजदूत लम्सालले बताउनु भयो ।

राजदूत लम्सालका अनुसार यस अवधिमा ८७ हजार मागपत्र प्रमाणित गरिएको, ३१ हजार विभिन्न कागजात (भिसा प्रमाणीकरण बाहेक) प्रमाणित गरिएको, १३ हजार ४ सय ७८ राहदानी नविकरण गरि जारी गरिएको, ३ हजार ७ सय ९८ ट्राभल डकुमेन्ट (आममाफीमा जारी गरिएका ३ हजार २ सय सहित) जारी गरिएको, विभिन्न केशका ६७ जनाको क्षतिपुर्ति रकम १ लाख ८५ हजार कुवेती दिनार नेपाल पठाइएको, ३७ करोड रूपैयाँ राजष्व संकलन भएको छ ।

अहिले पनि ५१ जना नेपाली विभिन्न केशमा अदालतको निणर्य बमोजिम कुवेतका जेलमा सजायँ भोगिरहेका छन् । जेलमा रहेकाहरूमा ४१ जना लागुपदार्थ ओसारपसारमा, ४ जना मादक पदार्थको किनवेचमा, २ जना हत्या अपराधमा सजायँ पाएकाहरू लगायत छन् ।

यस अवधिमा कुवेत र इराकमा गरि ६३ जना नेपालीको ज्यान गएको छ जसमा कुवेतमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने सबै मृतकहरूको पार्थिव शरीर नेपाल पठाइसकिएको, १६ जनालाइ अस्पतालबाट उद्दार गरि नेपाल पठाइएको र ४ जना अझै पनि अस्पतालका सैय्यामा रहेको जानकारी दिइएको छ ।

नेपाली राजदूतावास कुवेतले आयोजना गरेको राजनीतिक दलका भातृ संगठन, एनआरएनए कुवेत र नेपाल पत्रकार महासंघ सँगको सामुहिक छलफलपछि बोल्दै राजदूत लम्सालले सो तथ्यांक सार्वजनिक गर्नुभएको हो ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments