8.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठकुवेतको महाबु...

कुवेतको महाबुलामा न्यू हिमालय रेस्टूरेण्ट सञ्चालनमा

नोवेम्बर १७ कुबेत। नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो कुवेतको महाबुलामा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली न्यू हिमालय रेस्टूरेण्ट संचालनमा भएको छ । महाबुला भन्ने बितिकै नेपालीहरुको बाहुल्यता रहेको बसो बास गर्ने ठाँउ मा सुनिल गुरुङ र बिरमाया तमुस्यो को संयुक्त लगानिमा स्थापना गरिएको न्यू हिमालय रेष्टुरेण्टको स्पोन्सर मेस्याल अल मुतारी ले रिबन र केक काटेर हिजो साँझ उद्घाटन सम्पन्न गरिएको थियो।

उक्त रेष्टुरेण्ट उद्घाटन कार्यक्रममा बिभिन्न व्यक्तितहरुको उपस्थिति रहेको थियो। भने न्यू हिमालय रेष्टुरेण्टमा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली खाना ढिंडो, सेलरोटी, अचार, सुकुटी चिउरा, म:म, थुक्पा, चाउमिन लगायत थाली, बिर्यानी, फ्राई राईस र अन्य थुप्रै परिकारहरु र बिभिन्न प्रकारका जुस, ईन्डियन, बाङगाली, चाइनिज र पिलिपिनस आइटमहरु को सहितको सेवा उपलब्ध हुने छ ।

न्यू हिमालय रेस्टूरेण्ट लोकेशन लागि :ब्लॉक : १, माहाबुला स्ट्रीट : १३६ (ओमन एक्सचेंजको पछाड़ी)न्यू हिमालय रेस्टूरेण्ट,होम डेलिभरीको समेत व्यवस्था रहने छ । होम डेलिभरीको लागि फोन नम्बर 9765 4734,6766 9315 मा ईमो, वाट्स एप र भाईबर मार्फत सम्पर्क गरेर खाना अर्डर गर्न सकिने छ। आन्तम संचालक सुनिल गुरुङ र बिरमाया तमुस्यो लाई तमु समाज कुबेतका अध्यक्ष,राजु गुरुङ,लगायत समाज को सल्लाहकार,सदस्य,उपास्थित सम्पूर्ण ले खाद दोसल्ला ओढाई बधाई तथा शुभकामना गरेका थिए।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments