दिलकुमार पाख्रीन/ २ मार्च, कुवेत। गत फेब्रुअरी १२ तारिकका दिन कुवेतको मुत्ला सिटि प्रोजेक्ट अन्तरगत पाइपलाइनमा काम गर्दा गर्दै बालुवाको ढिस्को झरेर मृत्यु भएका ६ जना र घाइते भएका २ जना नेपालिहरुलाइ राहत स्वरुप एन आर एन एले जनही १/१ लाख आर्थिक सहयोग गर्ने भएको छ। हिजो १ मार्चका दिन बसेको एन आर एन एको बैठकले सो निर्णय गरेको हो।
घटना घटिसकेपछी तुरुन्तै एन आर एन ए कुवेत टिमले कुवेतको जाहारा हस्पिटलमा उपचाररत घाइते र घटनास्थल अध्यन तथा अनुगमन गरेर एन अअर एन ए केन्द्रलाइ घटनाको वास्ताविकता जानकारी गराइएको थियो। घटना भएको कमपनिका कामदारहरूसंग प्रत्यक्ष भेटघाट गरि कम्पनिको बारेमा र त्यहाँ कार्यरत कामदारहरुको अवस्थाको बारेमा समेत एन आर एन ए कुवेतले जानकारी लिएको थियो। उक्त घटनासम्वन्धी सम्पुर्ण अध्यन गरेपछि कामदारहरुको अवस्था दयनीय रहेकोले मृतक र घाइते परिवारलाइ राहत स्वरुप आर्थिक सहयोग गर्न एन आर एन ए कुवेतले केन्द्रमा निवेदन पेश गरेको थियो।
उक्त दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको विवरण निम्न अनुसार रहेको छ।
१) एक बहादुर गाहा -बर्ष-३०,राहदानी नं-०८३४६२७६, धैरेनी-१,चिडीपानी-पाल्पा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-अनिता गाहा-मृतकको नाता-श्रीमति)
२) गंगा राम चौधरी -बर्ष-४०,राहदानी नं-०६९४९९६८, दोधाना-७,सिराहा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-पन्नाई चौधरी -मृतकको नाता-बुबा)
३) राजु रोका मगर -बर्ष-२४,राहदानी नं-१०६२४०८६, उवा-४,थवाङ,रोल्पा(राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-मन कुमारी रोका मगर-मृतकको नाता-श्रीमति)
४) पूर्ण बहादुर सुनारी मगर -बर्ष-२६,राहदानी नं-०६४४४००८,बंजारिया-९,धरमपुर-नवलपरासी (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति-थमन सिंह सुनारी मगर-मृतक संगको नाता-बुबा)
५) पुर्ण बहादुर सुनारी मगर राहदानी ०६४४४००८ नवलपरासी
६) राजु रोका मगर राहदानी १०६२४०८६ उवा ४, थबाङ, रोल्पा
घाइते भएकाहरु;
१) धर्मेन्द्र कुमार शाहको कुवेतको जाहारा अस्पतालमा उपचार भईरहेको
२) मनोरथ मन्डल उपचार पछि कम्पनिको क्याम्प फर्किएको छ।
हेर्नुहोस एन आर एन ए द्वारा जारी विज्ञप्ती जस्ताको त्यस्तै: