Tuesday, February 17, 2026
spot_img
Homeस्वास्थ्यकुवेतको हस्पिटलमा अचेत अवस्थामा उपचाररत नेपालिलाइ NRNA/NCC ले भेटे

कुवेतको हस्पिटलमा अचेत अवस्थामा उपचाररत नेपालिलाइ NRNA/NCC ले भेटे

NRNA/NCC टोलि बिरामिलाइ भेट्दै

दिलकुमार पाख्रीन/२३ डिसेम्बर, कुवेत। कुवेतको हस्पिटलमा एक नेपाली अचेत अवस्थामा उपचार गराइरहेका छन। विगत १७ दिनदेखी अचेत अवस्थामा उपचार गराइरहेका उनी झापा गोलधाप निवासी ४४ बर्षिय सुरेश् बहादुर खत्री रहेको खुलेको छ। उनका परिवार विगत लामो समयदेखी पोखरा महानगरपालिका-१६ लामाचौर कास्किमा बस्दै आइरहेका छन। उनी विगत १७ दिनदेखी कुवेतको फर्वानिया हस्पिटलमा एक तलाको वार्ड १४ अन्तरगत बेड नं दुइमा उपचार गराइरहेका छन।

केही हिजो दिउँसो NRNA/NCC कुवेतलाइ सम्बोधन गर्दै एउटा निवेदन आइपुगेपछी आज साँझ एन आर एन टोलि बिरामी भेट्न गएका थिए। अध्यक्ष सुजन केसि, महिला संयोजक रमिता योन्जन सचिव माधाव शाही र सदस्य सजिना गुरुङको टोलिले बिरामिलाइ भेटेर फर्केका छन। बिरामीलाई भेन्टिलेशनमा राखिएको छ। बिरामी चेक जाँच गर्ने डाक्टरका अनुसार ब्रेन ह्याम्रेज भएको जानकारी अध्यक्ष सुजन केसिले आर डि क्रीएशनलाइ दिएका छन। उनका अनुसार बिरामी अत्यन्तै सिकिस्त छन।

dav

बिरामी खत्री झन्डै २० बर्ष देखि कुवेतमा काम गरिरहेको बुझिएको छ। बिरामिको बारेमा परिवारलाइ सम्पर्क गरि बिरामिको अवस्थाको बारेमा एन आर एन ए अध्यक्ष सुजन केसिले जानकारी दिएका छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments