25.1 C
Kathmandu
Thursday, April 24, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठकुवेतबाट पहिलो पटक १३३ जनाको टोलि एन आर एन ए को विश्व...

कुवेतबाट पहिलो पटक १३३ जनाको टोलि एन आर एन ए को विश्व सम्मेलनमा

दिलकुमार पाख्रीन/ ३ अक्टोबर, कुवेत। NRNA/NCC कुवेतले NRNA/NCC कुवेतको इतिहासमै पहिलो पटक १३३ जनाले एन आर एन ए को नवौँ विश्व सम्मेलनमा भाग लिँदै छन। एन आर एन ए को नवौँ विश्व सम्मेलन यहि अक्टोबर १५-१७ का लागि एन सि सि कुवेतले १३३ जना सदस्यहरुलाइ भोटिङका लागि दर्ता गराएका छन। जसमध्य आधा भन्दा धेरै काठमाडौ प्रस्थान गरिसके भने केही अबको केही दिनभित्र प्रस्था गरिसक्नेछन।

एन आर एन ए कुवेतको छैटौं अधिवेशनबाट कुवेतका नेपाली समाजले अपेक्षा गरे अनुरुपको एउटा गतिलो टिम निर्माण भए पछि कुवेतका समाज र अन्य देशहरुका नेपालिहरुले कुवेतलाइ हेर्ने दृस्ठिकोणमा नै फरक रहेको धेरैले बताउने गरेको पाइन्छ। यद्यपि विश्व सम्मेलनको पुर्व सन्ध्यामा आइ सि सिका उम्मेदवारीहरुको कुवेत आवतजावतले पनि प्रस्ट्याइरहेकै छ। एन सि सि कुवेतको टिम राम्रो र मजबुत बनेको खबर सुन्ने बित्तिकै नवौँ विश्व सम्मेलनका उम्मेदवारीहरु कुवेत आउने क्रम पनि निक्कै बढेको छ। डि आर सि बाट आर सि का लागि प्रत्यासी प्रविण गुरुङ देखि मनोज गोर्खाली, सचिवका प्रत्यासी आर के शर्मा, उपाध्यक्षको प्रत्यासी नरेन्द्र रानाभाट, अध्यक्षको प्रत्यासी कुल आचार्य र कुमार पन्त सम्म कुवेत आइसकेका छन।

NishanPhotos Barahakshetra -5 -

मध्यपुर्व र मलेसियाका एन आर एन ए लाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेका छन छन भन्ने एक किसिमको समाजको टिप्पणीलाई भ्रम हो भन्ने प्रमाण दिन यसपाली पनि मध्यपुर्व वा मलेसियाबाट अध्यक्षको प्रत्यासी रहेनन। यद्यपि उपाध्यक्ष, महासचिव, सचिबको लागि भने मध्यपुर्वबाट पनि निक्कै कडाइका साथ उम्मेदवारी घोषणा भएको छ।

उपेन्द्र महतो देखि देवमान हिराचन, जिवा लामिछाने, शेष घले हुँदै भवन भटटा सम्मले नेतृत्व गरिसकेको एन आर एन एको नेतृत्व यसपाली कसको हुन्छ? भन्ने अझै सम्म यसै भन्न सक्ने स्थितिमा छैन। तर अध्यक्षका प्रत्यासिहरु आ आफ्नो भिजन र मिहिनेतका साथ जोड तोडले लागि परेका छन। हिजो मात्र अध्यक्ष प्रत्यासी कुमार पन्तले अब काठमाडौमा विश्व सम्मेलनको नाममा हुने फजुल खर्चको सहि सदुपयोग गर्न प्रविधिको प्रयोग गर्दै घर घरबाटै उम्मेदवारीलाई भोट दिन सक्ने किसिमको वातावरण निर्माणका लागि आफुले निक्कै मिहेनतका साथ लागि परेको बताएका छन। यति धेरै महंगो टिकट काटेर पनि भोट गर्नको लागि घन्टौँ लाइन बस्दा सास्ती त छँदैछ आर्थिक रुपमा पनि धेरै घाटा बेहोरिरहेको कुरालाइ स्पष्टीकरण गर्दै अब हरेक पन्जिकृत सदस्यले घरैबाट भोट दिन पाउने गरि प्रविधिको प्रयोग गर्न एन आर एन एले पहल गर्ने बताएका छन। उनले त्यसरी डेलिगेशन नै जानुपर्दा उम्मेदवारी र भोट फि बाहेक पनि विभिन्न बिसयमा बार्गेनिङ गर्दै ठूलो पैसाको चलखेल र राजनितिकरण हुने भएकोले एन आर एन ए को महत्त्व र उदेश्यलाई नै धराप पार्दै गैरहेकोले यस्तो प्रवृत्तिको अन्त्य गर्ने बाटो खोज्नुपर्ने र यो कार्य एन आर एन एको लागि निक्कै चुनौतीपूर्ण रहेको बताए। उनले अहिले एन आर एन ए राजनिती गर्ने थलो जस्तै भैसकेको भन्दै दुख ब्यक्त गरे। उनले भने “एन आर एन ए मा राजनिती गर्ने भए त्यहाँ एन आर एन ए को अस्तित्व रहँदैन।” साथै उनले एन आर एन ए लाई साँच्चिकै एन आर एन ए बनाउन र कांग्रेस, नेकपा वा कुनै जाती, समुदायका लागि एन आर एन ए नभई नेपालिका लागि नेपाली बनाउने उनको महान अभियानमा साथ दिन विश्वभैरिका सबै एन आर एन ए लाई आव्हान गरेका छन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

20224 मा विश्वको व्यस्तताका बीच अन्तर्राष्ट्रिय एयरपोर्ट हडडान एयरपोर्ट – एयरपोर्ट काउन्सिल अन्तर्राष्ट्रिय

20224 एयरपोर्ट रैंकिसले एक पूर्वावलोकन दोथाको हडौना अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो जुन विश्वको शीर्ष 10 पेस्टरको बीचमा अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो। यो महिना, एयरपोर्ट...
- Advertisment -spot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू