Skip to main content

Rd Creation

कुवेतबाट NRNA अक्सिजन सिलिन्डर सहयोग अभियानमा १६ लाख ३१ हजार सहयोग

राम्रो दृष्टि/ गैरआवसिय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद (NCC) कुवेतले मध्यपुर्व अर्थात खाडि राष्ट्रहरुबाट नेपालको महामारी र त्यसले निम्त्याएको विभिन्न स्वास्थ्य सामाग्रीहरुको अभावलाइ मध्येनजर गरि त्यस्ता समस्याहरुलाइ सहजीकरण गर्नका लागि मध्येपुर्व NRNA संग सहकार्य गर्न कुवेतमा स्थापित विभिन्न संघ संस्था तथा कुवेतलाइ कर्मथलो बनाइ काम गरिरहेका श्रमिकहरुबाट १६ लाख ३१ हजार संकलन गरेको छ।

Advertisements

गत शुक्रबार साँझ कुवेत सिटि स्थित एसिया होटलमा NRNA-NCC कुवेतले पत्रकार सम्मेलन गरि सो जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै “अक्सिजन सिलिन्डर सहयोगार्थ समिती” का संयोजक तथा NRNA कुवेतका उपाध्यक्ष रनध्वोज लामाले विभिन्न संघ संस्था र ब्यक्तिगत बोलकबोल ग्रेको कुल रकम १६ लाख ७२ हजार २ सय १५ रुपैयाँ भए पनि ति मध्ये १६ लाख ३१ हजार ८ सय १५ नेपाली रुपैयाँ संकलन भैसकेको भैसकेको कुरा जानकारी गराएका थिए। लामाले बाँकी रकमलाइ पनि संकलन गरि एकमुष्ट गरि केही दिनमा नै NRNA केन्द्रको सचिवालय संग समन्वय गरि सचिवालयको बैंक खातामा जम्मा गराइने बताएका छन।

कुवेतबाट सञ्चालित झन्डै एक दर्जन मिडियाहरुको उपस्थितिमा सो अभियानबाट संकलित रकम सार्वजनिक गर्न NRNA कुवेतका महासचिव दिलकुमार पाख्रीनले भेलालाई सम्बोधन गर्दै कुवेतबाट नेपालको यति ठूलो विपत्तिमा सहयोग गर्ने सबै सहयोगिहरुलाइ धन्यवाद ज्ञापन गरेका थिए।

NRNA कुवेतका अध्यक्ष सुजन केसिले पत्रकार सम्मेलनमा बोल्दै हामिले अपेक्षा गरे भन्दा पनि उत्साहपुर्ण रुपमा आर्थिक संकलन भएको बताएका छन। उनले मध्येपुर्वका सबै देशहरुबाट यहि अनुपातमा रक संकलन भैरहेको सिलिन्डरको पुर्ती गरेर बचेको पैसा NRNA केन्द्रले चालेको अभियान अन्तरगत नेपालका विभिन्न हस्पिटलमा स्वास्थ्य समाग्री किन्न तथा प्रत्यक प्रदेशमा एक/एक ओटा अक्सिजन प्लान्ट बनाउनमा खर्चिने बताएका छन। उनले जोड्दै यश अभियानमा संकलन भएको पैसा अन्य प्रायोजनमा खर्च नहुने बताएका छन।

गैरआवसिय नेपाली संघ कुवेतले यश अभियानमा कुवेतबाट संस्थागत वा व्यक्तिगत जो जसरी जोडिए पनि, जोडिनुहुने तमाम सहयोगी मनहरुलाइ गैरआवसिय नेपाली संघ कुवेत धन्यवाद ब्यक्त गरेको छ। साथै यश अभियानको नेतृत्व गर्नुहुने NRNA मध्यपुर्व र NRNA केन्द्रप्रती समेत राष्ट्रिय समन्वय परिषद कुवेत कृतज्ञता प्रकट गरेको छ।

सहयोगिहरुको नामवली सुचिमा हेर्नुहोस।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.