राम्रो दृष्टि/ २२ अगस्ट, कुवेत। कुवेतमा दुई हप्ता भन्दा लामो समयदेखी अलपत्र परेको शव पठाउन गैरआवसीय नेपाली संघ कुवेतद्वारा चालिएको आर्थिक संकलन अभियान समाप्त भएको छ। श्रम नगरी तेस्रो मुलुक हुँदै कुवेत आएर लामो समयदेखी अवैधानिक हैसियतमा घरेलु कामदारको रुपमा कार्यरत चौधरिले दुई हप्ता अगाडि झुन्डिएर आत्माहत्या गरेकी थिइन।
श्रम नगरेको कारण उनको शव पठाउन नेपाल सरकारको वैदेशिक रोजगार विभागले आर्थिक जिम्मेवारी नलिएकोले उनको शव अलपत्र परेको हो।
अलपत्र परेको मोरङ बुढिगङ्गाकी द्रौपती चौधरीको शव पठाउन आवस्यक ३८५ कुवेती दिनार संकलन गर्न गैरआवासीय नेपाली संघ कुवेतले संघका उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा बनेको आर्थिक राहक संकलन समितिद्वारा गत बिहीवार अभियान सुरु गरिएको थियो। संघले हिजो अवेर धन्यवाद ज्ञापन पत्र जारी गर्दै आवस्यक रकम संकलित भैसकेको र यो अभियान बन्द भएको जनाएको छ। आर्थिक संकलन समितिका संयोजक उमेश पुडासैनी, महासचिव दिलकुमार पाख्रीन र अध्यक्ष रणध्वोज लामाद्वार हस्ताक्षरित सो पत्रमा सहयोगिको नामवली सहित सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरिएको छ।
साथै संघले आवस्यक ३८५ कुवेती दिनार नेपाली दूतावासमा बुझाइ सकेको समेत जानाकरी दिएका छन। समितिका संयोजक उमेश पुडासैनीले शव पठाउन आवस्यक ३८५ कुवेती दिनार रकम नेपाली दूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवाललाइ हस्तान्तरण भैसकेको र शव आज आइतबार साँझ नेपाल जाने बताएका छन।