20.1 C
Kathmandu
Monday, September 16, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठकुवेतमा आजबाट कर्फ्यु सुरु, कर्फ्यु अवज्ञा गरे जेल र १० हजार दिनार...

कुवेतमा आजबाट कर्फ्यु सुरु, कर्फ्यु अवज्ञा गरे जेल र १० हजार दिनार सम्म जरिवाना हुने।

आर डि क्रीएशन/०७ मार्च, कुवेत। धेरैले आर डि क्रीएशनको फेसबुक पेज तथा श्रमिक समस्या फेसबुक ग्रुपको विभिन्न पोस्टहरुको कमेन्ट सेक्सनमा सोध्नुभएको छ कि, बिदामा नेपाल आएर लकडाउनको कारण कुवेत फर्किन नसकेकोहरु अहिले कुवेत जान सकिन्छ कि सकिँदैन यसको प्रक्रीया के के छन भनेर।

कुवेतबाट बिदामा नेपाल गएकाहरु लकडाउनका कारण पुनः कुवेत फर्किन सक्नुभएको छैन भने तर तपाईको भिसाको म्याद भएको खन्डमा तपाईं दुबई हुँदै कुवेत आउन सक्नुहुन्थ्यो। तर कुवेत सरकारले अहिले कुवेतको कोरोना भाइरसको व्यापक संक्रमणका कारण झन्डै एक महिना देखि विदेशी नागरिकहरुलाइ कुवेत प्रवेशमा रोक लगाएको छ। सुरुमा दुई हप्ताको लागि भनेर विदेशी नागरिकहरुलाइ कुवेत प्रवेशमा रोक लगाए पनि सो निर्णय अनिश्चितकालका लागि सम्म यथावत रहेको छ।

कुवेत सरकारले कोरोनाको उच्च जोखिम भएका विश्वभरिका नेपाल सहित ३५ ओटा देशहरुलाइ कुवेत प्रवेशमा प्रतिबन्ध लगाएको थियो। उक्त देशहरुबाट तेस्रो देशमा १४ दिन क्वारेन्टिन बसेर नेगेटिभ पिसिआर रिपोर्ट लिएर मात्र कुवेत प्रवेश अनुमती दिइएको थियो। तर पछिल्लो समयमा उक्त प्रतिबन्धित राष्ट्रहरुबाट पनि सिधा उडानद्वारा कुवेत आउन पाउने तर क्वारेन्टिन कुवेतको होटलमा नै अनिवार्य बस्नुपर्ने बनाएको थियो। अहिले कोरोना भाइरसको उच्च संक्रमणलाई नियन्त्रण गर्ने उदेश्य सहित झन्डै एक महिना देखि विदेशी नागरिकहरुलाइ लगाइएको कुवेत प्रवेशको रोक अर्को सुचना न आए सम्म (अनिश्चित्कालका लागि) अझै यथावत राखेको छ। यसको मतलब अर्को सुचना नदिए सम्म कुवेत आउन सकिँदैन।

साथै, आजकै मिति ०७ मार्च देखि अप्रील ०८ तारीक सम्मका लागि कुवेत सरकारले साँझ ५ बजेदेखी बिहान ५ बजेसम्म १२ घन्टे कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु अवधिमा बाहिर निस्केको खन्डमा (कर्फ्यु तोडेको खन्डमा) जेल र १० हजार दिनार सम्मको सजाय हुन सक्नेछ। कोविड १९ का कारण बन्द रहेको जिम, शैलुनहरु आजबाट कोभिड १९ उच्च सतर्कताका मापदण्ड सहित खुलाउन अनुमती दिइएको अरवटाइम्स कुवेतले समाचार छापेको छ। रेस्टुरेन्टहरु बिहान ५ बजेदेखी साँझ ५ बजे सम्मका लागि होम डेलिभरी र टेक अवेको लागि मात्र खुल्ला हुने भएको छ।

कर्फ्यु अवधिमा स्वास्थ्य कर्मिहरु, बिरामिहरु हस्पिटलको अपोइन्टमेन्ट सहित, सुरक्षाकर्मिहरु तथा अन्य केही सिमित क्षेत्रका कामदारहरु मात्र बाहिर निस्किन सक्नेछन। उनिहरुले समेत QR कोड सहितको पास प्रयोग गर्नुपर्नेछ। बिरामिहरुले हस्पिटलको अपोइन्टमेन्ट लिएवापत मोबाइलमा QR CODE प्राप्त गरेपछि मात्र बाहिर निस्किन पाउनेछन। अन्यथा कर्फ्यु अवज्ञा गरेको ठहरिने छ र कर्फ्यु अवज्ञा गरे बापत हुने सजाय जेल चलान र १० हजार दिनार सम्म जरिवाना हुन सक्नेछ।

बिहान ५ बजेदेखी साँझ ५ बजेसम्म पनि कुनै निजि वा सार्वजनिक स्थलमा जमघट भएर बस्न र मास्क प्रयोग नगरी सार्वजनिक स्थलमा हिँड डुल गर्न शक्त मनाही गरेको छ। ट्याक्सिमा २ जना र पब्लिक बसहरुमा बढिमा ३०% मात्रा यात्रुले यात्रा गर्न पाउनेछन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments