Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठकुवेतमा आफ्नै घाँटी रेटेर आत्महत्या गरिन मनमाया गुरुङले।

कुवेतमा आफ्नै घाँटी रेटेर आत्महत्या गरिन मनमाया गुरुङले।

राम्रो दृष्टि/ १४ नोभेम्बर, कुवेत। बेसि शहर नगरपालिका-५ नाल्म लम्जुङकी ३२ बर्षिय मनमाया गुरुङले कुवेतमा आफ्नै घाँटी रेटि आत्महत्या गरेकी छन। उनले गत बुधवार ३ नोभेम्बरका दिन उनको कुवेतको उमरियास्थित आफ्नै निवासको शौचालय (बाथरुम ) लक गरेर आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी थिइन। उनी लामो समयदेखि कुवेतमा कार्यरत थिइन। पछिल्लो समयमा उनी आफ्नो कम्पनिले लामो समयसम्म तलब नदिएको भन्दै भागेर अवैधानिक हैसियतमा काम गरिरहेकी थिइन।

राती सबैजना सुतिरहेको समयमा करिव राती ३ देखि साढे तीन बजेको आसपासमा सो घटना घटेको हुन सक्ने ओम गुरुङले बताएका छन। उनका अनुसार, बिहान लगभग साढे ४ बजेतिर शौचालयको ढोका नखुलेपछी को पसेको छ भनेर हल्लाखल्ला हुँदा मनमाया नदेखिएको र शौचालयमा कुनै आवाज न आएपछी शंका लागेर ढोका खोल्ने कसैले आँट नगरेको बुझिएको छ। अर्को पटिबाट भेन्टिलेशनको प्वालबाट चिहाएर हेर्दा रगताम्य भएर लडिरहेको देखेपछि फायर वृगेड र पुलिसलाइ खबर गरि लगभग साढे ५ बजे तिर फायर बृगेड आएर ढोका फोरेर शव उठाएको थियो।

यश विसयमा सोधपुछ तथा अनुसन्धानका लागि एउटै फ्लाटमा बस्ने ओम गुरुङलाइ पुलिसले थाना लगेर गएको र सामन्य सोध पुछ पछि फर्केका छन।

यश बिसयमा नेपाली दूतावासमा जानकारी भैसकेको र पोस्टमार्टम रिपोर्ट समेत आइसकेको दूतावास स्रोतले जनाएको छ। रिपोर्टमा, “घाँटीमा गहिरो चिरा परेको घाउ, रक्तश्राव र आघातका कारण मृत्यु भएको” भनि उल्लेख गरिएको छ। उनको शव छिट्टै नेपाल पठाउने प्रक्रियामा रहेको दूतावास स्रोतले जानकारी दिएको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments