Sunday, November 9, 2025
spot_img
Homeस्वास्थ्यकुवेतमा एक जना नेपालीको सुतेकै ठाउँमा निधन

कुवेतमा एक जना नेपालीको सुतेकै ठाउँमा निधन

दिलकुमार पाख्रीन/ २५ नोभेम्बर, कुवेत। कुवेतमा फेरि एक जना नेपाली कामदारको मृत्यु भएको छ। हिजो राती मेघाङ गाउँपालिका वडा नं ६ निवासी नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा ०८३४००३२ नं राहदानी वाहक २५ बर्षिय प्रजय तामाङको सुतेकै ठाउँमा माबुल्लाको ब्लक २ स्थित आफ्नै कोठामा मृत्यु भएको हो। लगभग २ बर्षदेखी कुवेतलाइ कर्मथलो बनाइरहेका प्रजय तामाङ अल्घानिम इन्टरनेश्नल जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनिमा कार्यरत थिए। तर केही समय यता उनि कम्पनिबाट भागेर अवैध रुपमा रहँदै आएका थिए।

संगै बस्ने साथिका अनुसार उनले अत्याधिक मादक पदार्थ सेवन गरेको कारण निधन भएको हो। आइतबार बिहान लगभग ४ बजे तिर साथी बिउँझेर हेर्दा घोप्टो परेर रगत वान्ता गरिराखेको अवस्थामा मृत भेटिएका थिए। पछिल्लो समयमा कुवेतमा विभिन्न अखाद्य पदार्थ र केमिकलबाट निर्मित मदिरापान सेवनले नेपालिहरुको मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ।

उनको शव पोस्टमार्टमका लागि पुलिसले फर्वानिया हस्पिटल लगिएको जानकारी प्राप्त भएको छ। यसबिसयमा नेपालि दूतावासमा बुझ्दा मृत्यु भएको प्रमाणित भए पनि पोस्टमार्टमको रिपोर्ट दूतावासमा अझैसम्म सम्बन्धित निकायबाट आइ नसकेकोले थप जानकारिको प्रतिक्षामा रहेको दूतावासले जनाएको छ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments