Tuesday, February 17, 2026
spot_img
Homeस्वास्थ्यकुवेतमा एक जना नेपाली कोरोना संक्रमित, कुवेतमा अहिलेसम्म संक्रमित संख्या ३१७ जना।

कुवेतमा एक जना नेपाली कोरोना संक्रमित, कुवेतमा अहिलेसम्म संक्रमित संख्या ३१७ जना।

आर डि क्रीएशन/ १ अप्रील, कुवेत। कुवेतमा आज एक जना नेपालिमा कोरोना संक्रमित भेटिएको छ। कुवेतको स्थानिय सञ्चारगृह अरबटाइम्स कुवेतमा भखरै प्रकाशीत समाचारमा २८ जना नयाँ संक्रमितमध्य नेपाली पनि परेको बताइएको छ। संक्रमित नेपाली कुन कम्पनिमा कार्यरत, को हुन भन्ने खुलाइएको छैन। कुवेतमा अहिलेसम्म ३१७ जना संक्रमित भएका छन। जसमध्ये ८० जना उपचारपछी घर फर्किसकेका छन भने कोरोनाकै कारण एक जनाले पनि ज्यान गुमाएको छैन। नेपाली नागरिकको हकमा कुवेतमा भने यो नै पहिलो हो।

कुवेत सरकारले कोरोना रोकथामका लागि झन्डै एक महिना देखि नै कुवेत पुर्णरुपमा लकडाउन गरेको छ। त्यति मात्र होइन साँझ पख मान्छेहरु धेरै झुम्मिने तथा शपिङ मलहरु तिर धेरै भिँडभाड गर्ने भएकोले साँझ ५ बजेदेखी बिहान ४ बजेसम्म कर्फ्यु आदेश समेत जारी गरेको छ।

कुवेतमा दिननुदिन बढिरहेको कोरोना संक्रमणले सबैलाइ आतंकित बनाइरहेको छ। कुवेत सरकारले चालेको कोरोना रोकथाम भैयानले पनि अझै सफलता नपाएपछी कुवेतको विभिन्न निश्चित शहरहरुमा २४ घन्टे कर्फ्यु जारी गर्ने वा पुर्ण रुपमा नै कर्फ्यु जारी गर्ने भन्ने बिसयमा समेत क्याबिनेटमा बहस चलिरहेको यहाँको स्थानिय सञ्चार माध्यमले समाचार छापेको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments