9.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeखेलकुदकुवेतमा एन आर...

कुवेतमा एन आर एन ए द्वारा आयोजना गरेको खुला भलिबल र निशुल्क स्वास्थ्य शिविर भब्य सम्पन्न ।

राम्रो दृस्टि/ १० जनवरी कुवेत । गैर आवासीय नेपाली संघ कुवेतद्वारा गत हप्ता अर्थात ७ जनवरिका दिन फहाहिल क्लव मङ्गाफको भलिबल कोर्ट्मा निशुल्क स्वास्थ्य शिविर सहित अन्तर नेपाली खुला भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ ।

खुला भलिबल तर्फ लुम्बिनी समाजले विजेताको उपाधी हासिल गरेका छन भने फिनालेमा अत्यन्तै कडा प्रतिस्पर्धा गरेका नमस्ते नेपाली रेस्टुरेन्ट खेलकुड परिवार कुवेत द्वितिय उपाधी जित्न सफल भएका छन । त्यस्तै गरी मोना कुवेत र कल्याणकारी युवा समाज बिच तेस्रो उपाधिका लागी प्रतिश्पर्धा हुने भएता पनि समय अभावका कारण कल्याणकारी युवा समाजले मोना कुवेतलाई समर्थन गरेपछी मोना कुवेतले तृतिय उपाधी चुमेका छन ।

पुरसस्कारमा क्रमश: पहिलो नगद २०१ कुवेती दिनार्, ट्रफि, मेडल र प्रमाणपत्र, द्वितिय नगद १२५ कुवेती दिनार्, ट्रफि, मेडल र प्रमाणपत्र र तृतिय हुनेलाई नगद ५१ कुवेती दिनार ट्रफि, मेडल र प्रमाणपत्र रहेको थियो । प्रतियोगितामा बेस्ट टिम, बेस्ट प्लेयर र बेस्ट स्पाइकरलाइ समेत पुरस्कार राखिएको थियो। बेस्ट टिमका लागि ट्रफी र बेस्ट प्लेयर र बेस्ट स्पाइकरका लागि नगद २५ दिनार सहित मायाको चिनो राखिएको थियो। बेस्ट टिम अवार्ड कल्याणकारी युवा समाजले जिते भने बेस्ट प्लेयेर नरेन्द्र सारु र बेस्ट स्पाइकर अच्युत श्रेष्ठले हात पारेका छन।

सो कार्यक्रम एन आर एन ए कुवेतका महासचिव दिल कुमार पाख्रीनले सहजिकरण गरेका थिए भने कमेन्ट्री बक्स्मा सचिव मनिश केसी र केशर घलानले साथ दिएका थिए ।

अल मुजैनी एक्स्चेन्जको मुक्य प्रायोजन तथा मेडेक्स मेडिकल केअरले मिडिकल पार्ट्नरको भूमिका निभाएको सो कार्यक्रमको प्रमुख आतिथ्यतामा नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी रहेका थिए। विशिष्ट अतिथिको रुपमा अल मुजैनी एक्स्चेन्जका अपरेशन म्यानेजर गुरुप्रसाद कादरी र मेडेक्स मेडिकल केयरका ब्रान्डिङ तथा मार्केटिङ म्यानेजर रशाद थराइली रहेका थिए।

एन आर एन ए ले दोस्रोपटक निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। कुवेत सरकारले जनवरी ९ तारिक पछाडी सार्वजनिक भिँडभाड नगर्न निर्देशन दिएपछी यश पटकको निशुल्क स्वास्थ्य शिविर भलिबल कोर्टमा नै एकैपटक गराइएको हो। यसपटकको स्वास्थ्य शिविरमा स्वास्थ्य चेक जाँच गरि औषधि समेत निशुल्क गराइएका थिए।

NRNA ले पहिलो पटक मेट्रो मेडिकल संग सहकार्य गर्दै साल्मियामा गरेको थियो भने यसपाली MedX मेडिकल केयर संग सहकार्य गर्दै मंगाफमा सम्पन्न गरेको छ त्यसो गर्दा फरक ठाउँका नेपाली कामदारहरुले स्वास्थ्य लाभ लिन सक्ने भएकोले पनि यसो गरिएको संस्थाका महासचिव दिलकुमार पाख्रीनले बताए। उनले अझै खास गरेर महिनाहरुको समस्यालाइ प्राथामिकतामा राखेर एउटा मेडिकल क्याम्प गर्ने जानकारी गराएका छन। उनले भने, “अब एउटा खास गरेर महिलाहरुको समस्यालाइ प्राथिकता दिएर छिट्टै मेडिकल क्याम्प गर्नेछौँ।” सम्पन्न मेडिकल क्यामपा झन्डै ४ सय नेपालीहरुले स्वास्थ्य चेकजाँच गराएका छन।

मेडेक्स मेडिकल केयरले एन आर एन ए को सदस्यता कार्ड देखाएवापत २०% सम्म छुट दिएका छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू