Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठकुवेतमा कर्फ्यु आदेश जारिको समय परिवर्तन, भोलि देखि साँझ ६ देखि बिहान...

कुवेतमा कर्फ्यु आदेश जारिको समय परिवर्तन, भोलि देखि साँझ ६ देखि बिहान ५ बजेसम्म मात्र।

राम्रो दृष्टि/ २२ मार्च, कुवेत। पछिल्लो समय अत्याधिक बढेको कोरोना संक्रमण नियन्त्रणका लागि कुवेत सरकारले गरेको कर्फ्यु समय तालिका परिवर्तन भएको छ। भोलि अर्थात २३ मार्चबाट लागू हुने गरि कर्फ्यु समय साँझ ६ बजे देखि बिहान ५ बजे सम्म रहने गरि समय तालिका परिवर्तन गरेको छ। साथै आफ्नो एरियामा साँझ ६ बजे देखि ८ बजे सम्म दुई घन्टा सवारी साधान प्रयोग नगरी हिड डुल गर्न र रेस्टुरेन्टहरुलाइ राती १० बजे सम्म डेलिभरी गर्न अनुमती दिइएको खबर आज अरव टाइम्स कुवेतले समाचार छापेको छ।

पछिल्लो समय कर्फ्युका कारण कुवेतमा अत्याधिक ट्राफिक जाम बढेको थियो। ट्राफिक जामका कारण कर्फ्यु समय सुरु भैसक्दा पनि सवारी चालक घर पुग्न नसकिरहेको कुवेतका विभिन्न स्थानिय संचार माध्यमहरुले समाचार तथा श्रव्यदृश्यहरु सम्प्रेषण गरिरहेको थियो। जसका कारण कुवेत सरकारको सदनमा कर्फ्यु समय तालिका परिवर्तनको लागि छलफल भरहेको थियो। आज बसेको कुवेत सरकारको मन्त्री परिषदको बैठकले कर्फ्युलाइ केही खुकुलो गर्ने गरि निर्णय गरेको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments