8.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeशिक्षाकुवेतमा कोरोन...

कुवेतमा कोरोनाको कारण दुई नेपालिको मृत्यु, सबैलाइ सचेत रहन NRNA कुवेतको अनुरोध।

राम्रो दृष्टि/१६ अप्रील, कुवेत। कुवेतमा आज दुई जना नेपाली कामदारले कोरोना भाइरस (COVID-19) का कारण ज्यान गुमाएका छन। पछिल्लो समय कुवेतमा कोरोनाको व्यापक संक्रमण बढे संगै सयौंको संख्यामा नेपालि कामदारहरु पनि संक्रमित बनेका छन। कोरोनाको महामारी तिव्र रुपले फैलिएपछी गैरआवसिय नेपाली संघ (NRNA) कुवेतले प्रेस वक्तव्य सहित कुवेतमा रहेका नेपालीहरुलाइ सचेत रहन आग्राह गरेका छन।

केहि दिन अघि देखि गैरआवसिय नेपाली संघ कुवेतका सल्लाहकार आनन्द आचार्य र अध्यक्ष सुजन केसि समेत कोरोना समंक्रमित भएका छन। उनिहरुको स्वास्थ्यमा सुधार हुँदै गर्दा अन्य दुई जनाले ज्यान गुमाएका छन। यसै सन्दर्भलाइ जोड्दै NRNA ले सबैलाइ सचेत हुन्का लागि ध्यान दिनुपर्ने कुराहरु सहित प्रेस रिलिज गरेको हो। प्रेस रिलिजमा दुई जना नेपालिहरुले ज्यान गुमाएकोमा दुख ब्यक्त गर्दै सबैलाइ आ आफ्नो ठाउँम रहेर सुरक्षित रहन आग्राह गरेका छन। महासचिव दिलकुमार पाख्रीन र अध्यक्ष सुजन केसिद्वारा हस्ताक्षर गरेको वक्तव्यमा कुवेत सरकारले कोरोना नियन्त्रणका लागि तोकेको मापदण्डलाई पालना गर्दै आफू सुरक्षित रहि अरुलाइ समेत सुरक्षित रहनका लागि जमघट तथा भिँडभाँड नगर्न सुझाएका छन। साथै सार्वजनिक स्थलतिर हिँड डुल नगर्न र गर्नै पर्ने भए अनिवार्य मास्क प्रयोग गरि सामाजिक दुई कायम गर्न औझव दिइएको छ।

यो वक्तव्य जस्ताको यस्तै:

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments