Thursday, February 12, 2026
spot_img
Homeस्वास्थ्यकुवेतमा कोरोना र नेपालिहरु कत्तिको सुरक्षित?

कुवेतमा कोरोना र नेपालिहरु कत्तिको सुरक्षित?

दिलकुमार पाख्रीन/ १२ मार्च, कुवेत। कुवेत सरकारले कुवेतमा कोरोना भाइरस नफैलियोस भन्नको लागि उच्च सतर्कता अपनाउँदै अन्य देशमा रहेका कुवेती नागरिक र विशिस्ट ब्यक्तितब बाहेक सबै उडानहरु बन्द गर्नुका साथै सरकारी कामकाज दुई हप्ताको लागि बन्द गरेको छ। त्यसो त भिँडभाड हुने रेस्टुरेन्ट, क्याफे, कफिशप, जिम हल, विवाह हल, अडिटोरियम, सिनेमा घर, ठुला ठुला शपिङ मलहरु सम्पुर्ण आजदेखी बन्द गरिएको छ।

आजकै मितिबाट युरोपका सबै देशले संयुक्त अरव इमिरेट्स युएईमा ३० दिनको लागि सम्पुर्ण उडान बन्द गरेको छ। कुवेत सरकारले २७ फेब्रुअरी र त्यस यता कुवेत प्रवेश गरेका सम्पुर्ण विदेशी नागरिकहरुलाइ आफू बसोबास गर्ने ठेगनाको आधारमा विभिन्न ठाउँमा आजैदेखी निशुल्क अनिवार्य चेकजाँच सुरु गरेको छ। उक्त चेकजाँचमा उच्च ज्वरो वा कोरोनाको लक्षण भेटिएमा क्वारेन्टाइन पठाउने ब्यबस्था गरेको छ।

मेडिकल फार्मेसी, दोकान र ग्रोसरी शप बाहेक सबै सरकारी र निजि स्वामित्वको कम्पनिहरु समेत बन्द गर्न भनी दुई हप्ताको लागि सार्वजनिक बिदा घोषणा गरेको छ। यो समाचार लेख्दै गर्दासम्म कुवेतमा कोरोना संक्रमित ७२ जना छन, जसमध्ये ५ जनाको अवस्था गम्भीर छ भने तीन जना उपचार पनि घर फर्केका छन। कुवेतमा अहिले सम्म कुनै एक जना पनि नेपालि संक्रमित भेटिएको छैन।

विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोनालाइ महामारिको संज्ञा दिइएको छ। तर कुवेतमा नेपालिहरु नेपालमा भन्दा बढी सुरक्षित छन। विभिन्न किसिमको स्यानिटाइजर, बारम्बार हात धुन साबुन पानीको राम्रो ब्यबस्था, मास्कको उपलब्धता र संक्रमित भैहाले पनि उपचारको ब्यबस्था राम्रो भएकोले अत्तालिनुपर्ने स्थिती छैन। तर आफ्नो सुरक्षा आफै गर्नुपर्ने हुन्छ। हरेक १५/२० मिनेटमा हात धुने स्थिती छैन भने कम्तिमा स्यानिटाइजर हरेको १५/२० मिनेटमा प्रयोग गर्न सक्छौँ। अलि भिँडभाडमा भए अनिवार्य मास्क प्रयोग गरौं। कुनै पनि वस्तु अरुले छोएको छ र आफुले पनि छुन पर्ने भएको खन्डमा छोइसकेपछी तुरुन्तै स्यानिटाइजर वा साबुन पानीले हात धोऔँ। भरे सके अरुले दिएको खानेकुराहरु नखाऔँ विशेष गरि ड्राइ फुड र फलफुलहरु। सकिन्छ भने तातो पानी मात्र पिऔँ। भिँडभाडमा नजाऔँ। यति गरे राम्रो रोकथाम हुन्छ। त्यसो हुँदा जति पनि नेपालिहरु कुवेतमा छन तिनका परिवारले नेपालमा चिन्ता लिइरहनु पर्दैन। सबै नेपालिहरु सुरक्षित छन।

झन्डै एक लाखको हाराहारीमा वैदेशिक रोजगारिको रुपमा नेपालिहरु कार्यरत छन कुवेतमा। कोरिनाको संक्रमणसंगै कति पय कम्पनिहरु धरासायी बनेका छन। खास गरि रेस्टुरेन्ट व्यवासायिहरु ठूलो मारमा परेका छन। रेस्टुरेन्ट क्षेत्रमा पनि ठूलो संख्यामा नेपालिहरु कार्यरत छन। कति रेस्टुरेन्टहरुले काम्दारलाइ बिदामा पठाएका छन भने कतिले नो वर्क नो पेमेन्टमा राखेका छन। तर कोरोनाको संक्रमण लामो समयसम्म रहनु र यसरी नै बन्द भैरहनु हो भने कुवेतमा मात्र होइन खाडी राष्ट्रहरु बाट धेरैले रोजिरोटी गुमाउनुपर्ने पक्का छ। रोजिरोटी गुमाउनु त एउटा पाटो हो। कुवेतबाट दैनिक उडान हुने सबै देशका उडानहरु बन्द भएकोले नेपाल फर्किनसमेत समस्या छ। अब यस्तै संक्रमण लामो समयसम्म नियन्त्रण नभए नेपाल सरकारले कुवेतबाट सबै नेपालिको उद्दार गर्न प्लेन पठाउलान त? कामदारहरुको मनमा उब्जेको चिन्ता र प्रश्न बनेको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments