Sunday, November 9, 2025
spot_img
Homeगृहपृष्ठकुवेतमा क्रीयाशिल तीन किराति संस्थाहरुद्वारा संयुक्त रुपमा किरातिहरुको महान चाड उभौली...

कुवेतमा क्रीयाशिल तीन किराति संस्थाहरुद्वारा संयुक्त रुपमा किरातिहरुको महान चाड उभौली मनाउने

आर डि क्रीएशन/ २० मे, कुवेत। “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराँती संस्थाका शाखाहरुले संयुक्त रुपमा किरातिहरुको महान चाड उभौली मनाउने भएको छ। विगत केही बर्ष यता किरातिहरुले नेपालमा भएको विभिन्न खाले विवाद र स साना बिसयहरुले एउटै समुदायमा पनि फाटो भैरहेकोले आफ्नो मुद्दा झन कमजोर भएको भन्दै एकताको शुत्रभित्र बाँधिनुपर्छ भन्ने मान्यताका साथ उदाहरणका रुपमा कुवेतमा तीन किरातिहरुले संयुक्तरुपमा किरातिहरुको चाडहरु मनाउँदै आइरहेका छन। यसै अनुरुप यसपाली पनि तीन किराँती संस्थाहरुले संयुक्त रुपमा उभौली, याक्वा ताङ्नाम र सालिवा स्यादर पिदार २०१९ तथा येले दोङ येले तम्बे येले थोचे ५०७९ कार्यक्रमको आयोजना गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राइले आर डि क्रीएशनलाइ जनकारी दिएक छन।

गत वर्ष तीन किराँती समुदायकै एक एक जना अतिथि कलाकारहरुको साथमा कार्यक्रम सम्पन्न गरेता पनि यस बर्ष समय ब्यबस्थापन तथा विभिन्न प्राविधिक कारणबस स्थानिय कलाकारहरुको साथमा उभौली कार्यक्रम मनाउने तय भएको अध्यक्ष राइले बताएका छन। कार्यक्रम आगामी जुन ०७ तारिक फर्वानियास्थित युनिक आइडियल अडिटोरियम हलमा बिहान ११ बजेबाट सुरु हुनेछन।

अध्यक्ष राइले उभौली किन? भन्ने प्रश्नलाइ संक्षेपमा ब्यख्य गर्दै भने “प्रवासमा छौँ तर विश्वको जुनसुकै कुना कान्दारामा रहेता पनि हामी नेपाली हौँ हामिसंग नेपाली पन छ नेपाली मन छ। हामिसंग नेपाली संस्कार संस्कृति अमर छन। त्यसै संस्कार संस्कृतिलाई जगेर्ना गर्दै भावी पुस्ताहरुलाइ पनि ती संस्कार संस्कृति हस्तान्तरण गर्ने जिम्मेवारी यो पुस्ताको हो। त्यसैले हामिले हाम्रो बिरासतलाइ सधैं गौरवका साथ कायम राख्नुपर्दछ” थप्दै उनले भने “संस्कृतिका धनी हामी नेपाली हाम्रो संस्कृति मासिए हाम्रो अस्तित्व नै रहँदैन। त्यसैले हामी नेपाली जो जहाँ छौँ त्यहीँबाट हाम्रो संस्कृतिको संरक्षण गर्नुपर्छ। हाम्रो संस्कृतिको संरक्षण भनेको हाम्रो अस्तित्वको संरक्षण हो।”

अध्यक्ष राइले उक्त दिन कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनुहुन कुवेतमा कार्यरत स्म्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ समेत आग्राह गरेका छन।

पुनश्च: कार्यक्रम हुने
मिति: ०७ जुन २०१९
स्थान: युनिक अडिटोरियम हल फर्वानिया
समय: बिहान ११ बजे

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments