Tuesday, January 13, 2026
spot_img
Homeस्वास्थ्यकुवेतमा पाइपलाइनमा कार्यरत ६ जना नेपालिको मृत्यु दुइको उद्दार

कुवेतमा पाइपलाइनमा कार्यरत ६ जना नेपालिको मृत्यु दुइको उद्दार

दिलकुमार पाख्रीन/१३ फेब्रुअरी, कुवेत। कुवेतको सि जि जि सि कम्पनिमा कार्यरत ६ जना नेपाली कामदारको मृत्यु भएको छ। सि जि जि सि कम्पनिको मुत्ला प्रोजेक्ट अन्तरगत काम गरिरहेका कामदारहरुमा हिजो दिउँसो लगभग दिउँसो २/३ बजे उक्त घटना घटेको हो।

पाइप गाढ्न खाल्डो खन्ने क्रममा ढुङ्गा भेटिए पछि ब्लास्टिङ गरि ढुङ्गा फुटाउँदा थर्किएर माथिको माटो झरेर कामदारहरु पुरिएका थिए। नेपाली र अन्य देशका गरि १५ जना भन्दा बढी पुरिएको आशंका गरिए पनि ६ जना नेपाली कामदारको शव निकालिएको छ भने दुई जनाको उद्दार गरिएको छ। उद्दार भएका दुई जना नेपालिको जाहारा हस्पिटलमा उपचार भैरहेको नेपाली दूतास कुवेतले जानकारी दिएको छ।

पुरिएका जम्मा १५ भन्दा बढी आसंका गरिए पनि १३ जना नेपालिहरु परेको उक्त प्रोजेक्टमा कार्यरत अन्य कामदारले बताएका छन। तर ६ जनाको शव र दुई जना उद्दार गरि ८ जना भेटिए पनि अझै भित्र पुरिएर ५ भन्दा बढी हुनसक्ने आसंका गरिएको छ। मृत्यु भएका नेपालिहरुको अझै सनाखत भैसकेको छैन।

घटनास्थलमा उद्दार टोलि र कुवेत प्रहरी बाहेक अरुलाइ प्रवेश निषेध गरिएको छ। थप जानकारिका लागि आर डि क्रीएशन अनलाइन डटकम हेर्दै गर्नुहोला।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments