Skip to main content

Rd Creation

कुवेतमा भक्तपुरका बिक्रम न्याइच्याइको हृदयघातका कारण निधन

दिलकुमार पाख्रीन/२६ जुन, कुवेत। आज बिहान कुवेतमा एक जना नेपालीको हृदयघातका कारण निधन भएको छ। Al Wafra Ready Mix कम्पनिमा झन्डै ९ महिनदेखी कार्यरत ज्ञानबहादुर न्याइच्याइका छोरा ४५ बर्षिय बिक्रम न्याइच्याइ (श्रेष्ठ) को निधन भएको रुम पार्टनर बहादुर मोक्तानले आर डि क्रीएशनलाइ जानकारी दिएका छन। मृतक बिक्रम न्याइच्याइ भक्तपुर नगरपालिका वडा नं ८ निवासी हुन।

Advertisements

आज बिहान ड्युटी जानको लागि गाडी लिन लाग्दा आफुलाइ छाती दुखेकोले काम गर्न नसक्ने उनका साथीलाई बताएपछी भाषिक समस्याका कारण आफू अस्वस्थ रहेको र आज काम गर्न नसक्ने कम्पनिका सुपर्भाइजरलाइ भनिदिन आग्राह गरेपछि साथिले सुपरभाइजरकहाँ लिएर जाँदा सुपरभाइजरको कार्यलयको ढोकामा नै बेहोस भएको र तत्काल फर्वानिया हस्पिटल लगिएको मोक्तानले बताए। तर बिडम्बना हस्पिटल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरिदिए। जानकारिको क्रममा मोक्तानले भने “बिहान ४:४५ मा बेहोस भएको थियो। हामिले हत्तार हत्तार हस्पिटल पुर्‍यायौँ। झन्डै १५ मिनेटमा करिव ५:०० डाक्टरले उनको मृत्यु घोषणा गरिदिए। अहिले फर्वानिया हस्पिटलमा नै छ। उनको मोबाइल, वालेट र नेपाली नागरिक्ता, ड्राइभिङ लाइसेन्स र उनको वालेटमा भएको रकम नर्सले मलाइ जिम्मा दिएको छ।”

यस बिसयमा नेपाली दूतावासको हटलाइनमा सम्पर्क गर्दा अहिले सम्म यश बिसयमा जानकारी नभएको तर यसै जानकारिको आधारमा प्रक्रिया अगाडि बढाउने नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले बताउनुभएको छ।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.