Wednesday, February 18, 2026
spot_img
Homeगृहपृष्ठकुवेतमा मानसिक सन्तुलन गुमाएकी युना राई आज नेपाल जाँदै

कुवेतमा मानसिक सन्तुलन गुमाएकी युना राई आज नेपाल जाँदै

आर डि क्रीएशन/२३ डिसेम्बर, कुवेत। कुवेतमा आएको ८ महिनापछि मानसिक सन्तुलन गुमाएकी युना राई आज नेपाल जाँदै छिन। केहिदिन अगाडि मानासिक सन्तुलन गुमाएकी युवती संग समाजसेवी रोहित कटुवालले आधा रातमा फेसबुकमा प्रत्यक्ष प्रसारण गरि महिलाको अस्मिता माथि आँच आउने गतिविधि गरे भनेर सामाजिक सन्जालमा व्यापक टीका टिप्पणी भएपछी आर डि क्रीएशनले उक्त बिसयलाइ उठान गरेर वास्ताविकता के हो भन्ने कुराको यथार्थ खोतलेको चार दिनपछी उनै समाजसेवी वा सोही विवादित बनेका रोहित कटुवालकै पहलमा पिडित युना राइको परिवार संग सम्पर्कमा रहि आज नेपाल पठाउन लागिएको रोहित कटुवालले आर डि क्रीएशनलाइ जानकारी गराएका छन। युना राई कुवेतबाट नेपाल जाँदै गरेकी दुई जना महिला दिदिबहिनिको साथमा एयर अरेबियाको फ्लाइट नं G9124 बाट सारजाह जाँदै छिन। झन्डै दुई घन्टाको ट्रान्जिट पछि सारजाहबाट एयर अरेबियाकै G9539 फ्लाइटबाट बिहान ५:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडान भर्ने छिन भने नेपालको स्थानिय समयानुसार बिहान १०:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन।

पिडित युनालाइ लिन उनका परिवारलाई तयारी रहन जानकारी गराइसकेको र उनिहरु तयारी अवस्थामा रहेको अभियान्ता कटुवालले जानकारी गराएका छन। भोलि युना राई नेपालमा उनको परिवारको साथमा पुगेपछी हामी पुन जानकारी गराउनेछौँ ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments