Skip to main content

Rd Creation

कुवेतमा राजेश पायल राइको साथमा MEGA MUSIC SHOW सम्पन्न

राजेश पायल राई आफ्नो प्रस्तुती प्रस्तुत गर्दै

आर डि क्रीएशन/ २० अप्रील, कुवेत। अतिथी कलाकार राई इज किङ राजेश पायल राइको साथमा नेपाल कुवेत सरोकार समाज कुवेतको तेस्रो प्रस्तुती नयाँ बर्ष २०७६ को शुभकामना आदानप्रदान तथा MEGA MUSIC SHOW गत शुक्रबार कुवेतको ज्लिबस्थित इन्डियन सेन्ट्राल स्कुलको हलमा भव्य सम्पन्न भएको छ। आयोजक संस्थाका अध्यक्ष राम तामाङको सभापतित्व तथा नेपाली राजदूतावासका नव नियुक्त महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमलाई आर डि क्रीएशनका सह निर्देशक सुरेश ग्याबा र आर डि क्रीएशनकै प्रधान सम्पादक दिलकुमार पाख्रीनले संयुक्त रुपमा सहजीकरण गरेका थिए। सो सम्पन्न कार्यक्रममा उपस्थित दर्शक तथा अतिथिहरुलाइ संस्थाका संरक्षक टिकाराम आचार्यले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए। पत्रकार महासंघका तर्फबाट आनन्द आचार्य, समाजसेवी कुमार झापाली, एन आर एन ए अध्यक्ष सुमित्र देवि पौडेल, आदिवासी जनजाति महासंघका अध्यक्ष अमृत तामाङ र नव नियुक्त महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिले शुभकामना मन्तव्य राख्नुभएको थियो।

Advertisements

सम्पन्न सो कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाली राजदूतावास कुवेतका सल्लाहकार तथा मगर संघ कुवेतका अध्यक्ष मित्र सिंजाली, एन आर एन ए कुवेतकि अध्यक्ष सुमित्र देवि पौडेल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ उपस्थित थिए। कार्यक्रममा गत महिना नेपालमा हावा हुरिका कारण पिडित बनेका बारा र पर्सा जिल्लाका पिडितहरुको सहयोगार्थ अभियान्त संगिता लोप्चनद्वारा आर्थिक सहयोग संकलन गरिएको थियो। संकलित १०४ कुवेती दिनार सोही कार्यक्रममा अभियान्त संगिता लोप्चनलाइ हस्तान्तरण गरिएको छ। अभियानमा साथ दिनुहुने सबै मनका धनी सहयोगिहरुलाइ अभियन्त संगिता लोप्चनले धन्यवाद ब्यक्त गरेकी थिइन।

निर्धारित समय भन्दा झन्डै तीन घन्टा ढिला सुरु भएको उक्त कार्यक्रममा राजेश पायल राइको प्रस्तुती हेर्न आतुर दर्शकहरुको उपस्थितिले खचाखच भरिएको थियो। स्थानीय केही कलाकारहरुको प्रस्तुती पछि स्टेजमा निस्केका राइले द द द द द द दर्शन बोलको उनको नयाँ गीतबाट आफ्नो प्रस्तुती सुरु गर्दै नयाँ पुराना दर्जनौं गितहरुद्वारा निरन्तर डेढ घन्टा सम्म दर्शकहरुलाइ नचाएका थिए।

कार्यक्रममा गत महिना सम्पन्न एम बि बम्जन कपको बिजेता बनेका सरोकार समाजका सम्पुर्ण खेलाडिहरुलाइ विशेष सम्मानका साथ खदा ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। त्यस्तै गरि कार्यक्रमलाई सभ्य र भव्य बनाउन विभिन्न तह र तप्काबाट आर्थिक नैतिक भौतिक रुपमा सहयोग गर्नुहुने ब्याक्तित्वहरुलाइ पनि मोमेन्टोद्वारा सम्मान गरिएको थियो।

आयोजक, किरात राई यायोक्खा कुवेत लगाएत अन्य विभिन्न संस्थाले अतिथी कलाकारलाई सम्मान कार्यक्रम बाँकी हुँदाहुँदै पनि अतिथी कलाकार राजेश पयल राई आफ्नो प्रस्तुती सकिने बित्तिकै हलबाट बाहिरिए पछि सम्मान कार्यक्रम अधुरा बनेको थियो।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.