Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठकुवेतमा ४४ बर्षिय यदु गुरुङको निधन।

कुवेतमा ४४ बर्षिय यदु गुरुङको निधन।

आर डि क्रीएशन। २६ अप्रील, कुवेत। कुवेतमा ४४ बर्षिय गरामणी-९ झापा निवासी यदु गुरुङको उपचारको क्रममा निधन भएको छ। मृतक करिब एक महिना देखि कलेजो क्यान्सर (liver cancer) को उपचाररत थिइन। उनी कुवेतमा घरेलु कामदारको रुपमा आए पनि आफ्नो स्पोन्सरबाट रिलिज लिएर लेडिज शैलुनमा काम गरिरहेकी थिइन। पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर जाहारा स्थित जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाइ लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो। उनको अमिरी हस्पिटलमा उपचारकै क्रममा आज बिहान करिब ४ बजे निधन भएको हस्पिटल स्रोतले जनाएको छ।

यश बिसयमा नेपाली दूतावासमा बुझ्दा डेथ रिपोर्ट आइनसकेको तर यदि मृत्यु भएकै भए आवस्यक प्रक्रिया पूरा गरि शव नेपाल पठाइने दूतावास स्रोतले जानकारी दिएका छन। नेपाली दूतावासले विभिन्न स्वास्थ्य समस्यामा परि उपचार गराइरहेका विभिन्न हस्पिटलहरुमा रहेका विरामिहरुलाइ भेटी आत्माबल प्रदान गरिरहेका छन। मृतक गुरुङलाइ पनि नेपाली दूतावासका द्वितीय सचिव रेवान्त केसिले केही दिन अघि मात्र भेटी उनको अवस्था बुझी दूतावासबाट गर्नुपर्ने सहयोग गर्ने र छिट्टै उपचार पछि नेपाल फर्किन पाउने हौसला दिनुभएको थियो।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments