Thursday, February 12, 2026
spot_img
Homeगृहपृष्ठकृष्णभिरबाट त्रिशूलीमा मोटरसाइकल खस्यो, एकको मृत्यु

कृष्णभिरबाट त्रिशूलीमा मोटरसाइकल खस्यो, एकको मृत्यु


काठमाडौं : धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरबाट त्रिशूलीमा खसेको मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको छ।

त्रिशूली नदीबाट उद्धार गरिएका सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–९ निवासी २६ वर्षीय मिनबहादुर तामाङको मृत्यु भएको धादिङ प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए। शनिबार साँझ ५ः२० बजे तिर बा.प्र.०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झण्डै ३०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।

सो सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेनिघाट, प्रहरी चौकी जोगीमाराका साथै गजुरीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।प्रहरी निरीक्षक हरिकबहादुर खड्काको कमान्डमा बेनिघाटबाट, प्रहरी निरीक्षक रामशरण बस्नेतको कमान्डमा जोगीमाराबाट र प्रहरी नायब उपरीक्षक विकास थापाको कमान्डमा गजुरीबाट खटिएको ११ जनाको टोलीले खोजी गर्दा तामाङ नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।

उनलाई उपचारका लागि गजुरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments