Skip to main content

Rd Creation

कोरोना भाइरस के हो? कसरी सर्छ र यसबाट बच्ने उपायाहरु के के हुन?

आर डि क्रीएशन/२७ जनवरी, कुवेत। चिनको हुवान क्षेत्रबाट फैलिन सुरु भएको कोरोना भाइरसले हाल सम्म विभिन्न देशमा गरि ५६ जनाको ज्यान लिइसकेको छ। कोरोना भाइरसको पूरा नाम नोवेल कोरोना हो। हालसम्म चीन, अमेरिका, जापान, ताइवान, हङ्कङ गरि १२ देशमा कोरोना देखा परिसकेको छ। नेपालमा समेत दुई जना संक्रमित फेला परेको छ। संक्रमित एक जनालाइ उपचारका लागि हङ्कङ पठाइएको छ भने एक जनालाइ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका छन।

Advertisements

कोरोना भाइरस भनेको के हो?
कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ । सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् । 

कोरोना भाइरस संक्रमणका लक्षणहरु के के हुन?

– रुघा खोकी लाग्नु,
– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु, 
– घाँटी, टाउको तथा जिउ दुख्ने
– निमोनिया हुनु,
– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु । 

बच्ने उपायाहरु के के हुन त?
– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने 
– नियमित साबुन पानीले हात धुने, 
– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,
– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने
– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

संक्रमण कसरी हुन्छ कोरोना भाइरसको?
कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु  बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ । भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन । भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध  छैन । 

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.