Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठकोरोना भ्याक्सिन नहाने भिसा रिन्यु नहुने।

कोरोना भ्याक्सिन नहाने भिसा रिन्यु नहुने।

राम्रो दृष्टि (RD) क्रीएसन/ १६ मार्च, कुवेत। कुवेत सरकारले आगामी सेप्टेम्बर पछि आपावासि क्कमदारहरुको भिसा नविकरण गर्दा अनिवार्य कोरोनाको खोप लगाएको हुनुपर्ने घोषणा गरेको छ। कोरोनाको खोप नलगाएकाहरुको सेप्टेम्बर पछि भिसा नविकरण नहुने कुवेतका विभिन्न संचार माध्यमहरुले समाचार छापेको छ।

कोरोना खोप कुवेत सरकारले सबै नागरिक तथा आप्रवासी कामदारहरुका लागि निशुल्क वितरण गरिरहेको छ। Ministry of Health को वेव साइटमा गएर आफ्नो विवरण भरेपछी आफ्नो मोबाइलमा अपोइन्ट्मेन्टको म्यासेज दिने गरि कोरोना खोपको ब्यबस्था गरिएको छ। पछिल्लो समयमा कोरोनाको संक्रमण अत्याधिक बढेपछी कुवेत सरकारले यो कदम चालेको हो।

आप्रवासी तथा नागरिक गरि झन्डै चालीस लाख जनसंख्या रहेको कुवेतमा कुवेत सरकारले प्रभावकारी ढङ्गबाट कोरोना खोपको ब्यबस्था गरिरहेको छ। कोरोना खोपको रजिस्ट्रेसनको लागि तल दिइएको लिंकमा क्लिक गरेर रजिस्ट्रार गर्न सक्नुहुनेछ।
https://cov19vaccine.moh.gov.kw/SPCMS/CVD_19_Vaccine_Registration.aspx

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments