आर डि क्रीएशन/६ मे, कुवेत। कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट इटहरी ५ का ५१ बर्षिय लिलामान (काजी) कटुवालको साउदिमा मृत्यु भएको छ । एक बर्ष अगाडी बैदेशिक रोजगारको लागि साउदी पुगेका उनको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
इटहरी ५ सितलनगर बसोवास गर्ने काजी रोजगारिको सिलसिलामा साउदी पुगेको थियो। (कोभिड १९) कोरोना भाइरसको संक्रमणबाट उनको मृत्यु भएको खबर परिवारले आर डि क्रीएशनलाइ जानकारि गराएका छन ।
आजै बाट उनकोे हिन्दु परम्परा अनुसार काजकिरिया समेत सुरु भएको छ । “४ दिन अघि मृत्यु भएका उनको आजबाट १३ दिने काम सुरु गरेका छौंं।” मृतकका छिमेकी दुर्गा कार्कीले भने । कोरोना भाइरसका मृत्यु भएका कारण उनको पार्थिव शरीर नेपाल ल्याउन नसकिएकोमा दुख ब्यक्त गर्दै उनका परिवार आजदेखी किरियामा बसेका छन। मृतक कटुवालको २ वटा छोरी एक छोरा छन।