Tuesday, January 13, 2026
spot_img
HomeEnglish Newsकोशी बाँधमा अनिश्चितकालिन अनसन : RajdhaniDaily.com

कोशी बाँधमा अनिश्चितकालिन अनसन : RajdhaniDaily.com

राजविराज । मत्स्य मन्त्रालयको स्थापना, सरकारी स्वामित्वमा रहेका मत्स्य फारम, सीमसार र रिजभ्र्यार आदीमा मलाह जातीलाई ५० प्रतिशत आरक्षण लगायतका २० बूंदे माग सहित मलाह समुदायका अगुवाले शुक्रबारदेखि सप्तरी–सुनसरीको बीच सीमामा पर्ने कोशी बाँधमा अनिश्चितकालिन रिले अनसन सूरु गरेका छन ।

मलाह जातीको जातीय संगठन नेपाल मलाह कल्याण संघको अगुवाईमा कोशी बाँधमा मञ्च बनाई अनिश्चितकालिन रिले अनसन सूरु गरिएको हो । पहिलो दिन संघका केन्द्रिय अध्यक्ष नारायण मुखियाको नेतृत्वमा उपाध्यक्ष अशोक मुखिया, कोषाध्यक्ष माहादेव मुखिया, केन्द्रिय सदस्य दशरथ मुखिया, संघका सप्तरी जिल्ला अध्यक्ष पञ्चलाल मुखिया, झापा जिल्ला अध्यक्ष सहदेव मुखियाका साथै मलाह जातीका अगुवा भोला मुखिया, मधुकान्त मुखिया, राजेन्द्र मुखिया, बेचन मुखिया र शान्तिदेवी मुखिया लगायत ११ जना रिले अनसनमा वसेका छन ।

सरकारी स्वामित्वमा रहेका मत्स्य फारम, सीमसार र रिजभ्र्यार आदीमा मलाह जातीलाई ५० प्रतिशत आरक्षण, संघीय र प्रदेशमा मत्स्य मन्त्रालयको स्थापना, मलाह जातीका बालबालिकालाई स्नातकोत्तर सम्म निःशुल्क शिक्षा र जग्गाविहीन मलाहलाई जग्गाको व्यवस्था गरिनु पर्ने संघले प्रमुख मागका रुपमा उठाएका छन ।

यस्तै सरकारले लगाउदै आएको पोखरी, नदी, दह, खोलानाला, तालतलैया, तारघाट र नदीमा बगी आएको काठ दाउरा संकलन लगायतका ठेक्का कार्य मलाह जातीलाई मात्र दिनु पर्ने, जलसेनाको स्थापना गरी ५० प्रतिशत मलाह जातीको सेना राखिनु पर्ने लगायतका २० बुंदे माग संघले अघि सारेको छ ।

यस अघि २०६४ साल देखी २० बुंदे माग सहित पटक पटक तत्कालिन सरकारका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएपनि आश्वासन बाहेक केही नपाइएको उनीहरुको गुनासो छ । पछिल्लो पटक पुष १८ गते प्रधानमन्त्री, गृहमन्त्री लगायतका सरोकारवाला निकायका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएपनि माग सम्बोधनको कुनै पहल नभएकाले बाध्य भई संघर्षको बाटो रोज्नु परेको संघका केन्द्रिय अध्यक्ष नारायण मुखियको भनाई छ ।

अनिश्चितकालिन रिले अनसनबाट पनि आपृmुहरुको माँग उपर सुनवाई नभए दोश्रो चरणमा आन्दोलनका थप शसक्त कार्यक्रमहरु अघि बढाइने संघका सल्लाहकार भोला मुखियाले बताए । आन्दोलन कार्यक्रममा झापादेखि पर्सासम्मका संघका पदाधीकारी र मलाह जातीका अगुवाहरुको सहभागीता रहेको संघले जनाएको छ ।

(Visited 48 times, 1 visits today)



Source link

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments