24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठकोसी नदी कटान रोक्न लगाइँदैछ २५ सय टेट्रापोड्स

कोसी नदी कटान रोक्न लगाइँदैछ २५ सय टेट्रापोड्स


कोसी नदीको कटान रोक्न बराहक्षेत्र-२ स्थित पुल्ठेगौंडामा २५ सय  कन्क्रिट टेट्रापोड्स लगाइँदैछ । कोसी प्रोजेक्टअन्तर्गत बिहार जल संशाधन विभागले बर्खामा हुने क्षति रोक्न टेट्रापोड्स लगाउन थालेको हो । 

४ टन बराबरको एउटा टेट्रापोड्स यो पटक २ हजार ५ सय वटा लगाइने इन्जिनियर अशोककुमार मण्डललाई उद्धृत गर्दै स्थानीय प्रतिनिधि सुमन पौडेलले जानकारी दिए । 

Tetrapods koshi river nepal

विशेष गरी समुद्रमा देखिने यस्ता टेट्रापोड्स नेपालमा कोसी नदीमा पहिलो पटक लगाइँदैछ । ३८ वटा फर्माबाट निर्माणको काम थालिएको प्रतिनिधि पौडेलले बताए । 

पुल्ठेगौंडास्थित १२ नम्बर स्परमा टेट्रापोड्स लगाइँदैछ । जसका लागि ५८ हजार बोरा सिमेन्ट लाग्ने र काम सक्न तीन महिना समय लाग्ने बताइएको छ । 

Tetrapods nepal

स्थानीय नागरिकको साढे ३० कट्ठा जग्गा तीन महिनासम्मका लागि प्रति कट्ठा २० हजार रुपैयाँमा लिजमा लिएर काम सुरु गरिएको हो । 

यस अघि नारायणी नदीमा ४ हजार यस्ता टेट्रापोड्स पिल्लर राखिएको थियो । हाल चतरादेखि राजाबाससम्म कोसी नदी तटबन्धनको काम हुँदैछ । बर्खामा कोसी नदीको कटानको जोखिम रहेको यो क्षेत्रमा तारजालीको तटबन्ध निर्माण हुँदै आएको थियो । कोसी नदीमा पहिलो पटक टेट्रापोर्टको काम भइरहेको स्थानीय सन्जीव कट्वालले जानकारी दिए । 

concrete tetrapods nepal




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments