Tuesday, February 17, 2026
spot_img
Homeगृहपृष्ठकोसेली समुहको ११ औँ वार्सिकोत्सव तथा अधिवेशन सम्पन्न, अध्यक्षमा आनन्द आचार्य

कोसेली समुहको ११ औँ वार्सिकोत्सव तथा अधिवेशन सम्पन्न, अध्यक्षमा आनन्द आचार्य


आर डि क्रीएशन/ १८ फेब्रुअरी, कुवेत। । कुवेतबाट संचालित छापा तथा अनलाइन मिडिया कोसेली समुहको ११ औँ वार्षिकोत्सव तथा अधिबेशन गत शुक्रबार साँझ कुवेतको फर्वानियास्थित द्वाही प्यालेसमा सम्पन्न भएको छ। नवराज पन्थिको सभापतित्व एवं नेपाली दूतावास कुवेतका मिनिस्टर अभ काउन्सिलर प्रकाशमणी पौडेलको प्रमुख आतिथ्यतामा ११औं वार्षिक उत्सव तथा अधिबेशन सम्पन्न भएको हो। अधिवेशनले आनन्द आचार्यलाई सर्बसम्मतले अध्यक्षमा चयन गर्दै १३ जनाको कार्यसमिति निर्माण गरेको छ । सो कार्यक्रममा कोसेली समूहको ३० औं कोसेली छापा पत्रिका बिमोचन पनि गरिएको छ।

सचिव चन्द्र बिस्वकर्माले कार्यक्रम सहजिकरण गरेको उक्त कार्यक्रममा संस्थाका महासचिव जीवन बिकले स्वागत मन्तव्य राखेका थिए। भव्य सम्पन्न सो कार्यक्रममा सभापति, प्रमुख अतिथी तथा विशेष अतिथिहरु नेपाली दूतावास कुवेतका द्दितीय सचिव ज्ञान बहादुर मगर, एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल लगायतले पानसमा दिप प्रज्जलित गर्दै कार्यक्रम उद्घाटन गरिएको थियो।

कुवेतको एकमात्र मरुभूमि (छापा पत्रिका) विमोचन कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशेष अतिथि, सस्थाका संरक्षक तथा सल्लाहकारद्वारा विमोचन गरिएको थियो । संस्थाको तर्फबाट संक्षिप्त जानकारी तथा गतिबिधि नव नियुक्त अध्यक्ष आनन्द आचार्यले प्रष्ट पारेका थीए ।

कार्यक्रममा बिभिन्न रचनाहरु बाचन गर्ने सम्पूर्ण साहित्य अनुरागीहरुबाट साहित्य वाचन गरी सहित्यमय वातावरण भएको थियो। कोसेली समूहले नेपाल कुवेत पत्रकार महासंघ शाखाका अध्यक्ष हरीकृष्ण न्यौपानेलाई कुवेत जस्तो ठाउमा रहेर निस्पक्षय पत्रकारिता र बिभिन्न परोपकारी कार्यहरू गर्दै आएकोमा कदर गर्दै सम्मान गरेको थियो।

कार्यक्रममा सुजन केसी, प्रदीप नेपाली, कुमार झापाली, दिल कुमार पख्रिन, हरीकृष्ण न्यौपाने, गणेश रावत, एनआरएनए कुवेतबाट अध्यक्ष सुमित्रा पौडेल, नेपाली दूतावास कुवेतबाट ज्ञान बहादुर मगर, प्रकाशमणी पौडेल, लगायतले शुभकामना मन्तव्य राखेका थिए।
अधिवेशनद्वारा निर्वाचित नयाँ कार्यसमिको नामावली निम्नानुसार छन।

संरक्षक- सुजन केसि
सल्लाहकारहरु- मनु भुजेल मगर, इन्द्र पोखरेल, तोयानाथ दाहाल, शिब प्रसाद कोइराला,
अध्यक्ष तथा प्रवन्ध निर्देशकः आनन्द आचार्य
उपाध्यक्षः टोमलाल पराजुली, जिवन कुमार बि.क., जानकी जानु,
महासचिवः मित्रभक्त आचार्य
सचिवः जयनारायण माझी थारु
कोषाध्यक्षः राजन श्रेष्ठ
सह–कोषाध्यक्षः पुर्ण प्रसाद श्रेष्ठ
कार्यकारी सदस्यःगौतम अम्गाईं, खड्ग कार्की, चन्द्रकला बि.क.,

यसैगरी कोसेली बचत कोषमा रहेका सम्पुर्ण सदस्यहरु स्वतः पदेन सदस्य रहनेछन् ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments