Home English News खोज पत्रकारिता आजको आवश्यकता « News of Nepal

खोज पत्रकारिता आजको आवश्यकता « News of Nepal

0
खोज पत्रकारिता आजको आवश्यकता « News of Nepal

दाेलखा ।

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले खोज पत्रकारिता र शुशासन केन्द्रीत पत्रकारिता आजको आवश्यकता भएकोले सबै पत्रकारहरुले आफुलाई त्यतैतिर केन्द्रीत गर्नुपर्ने बताउनुभएको छ ।

विहिवार प्रेस चौतारी नेपाल दोलखाको आठौ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै पूर्व मन्त्री गुरुङले सबैक्षेत्रमा सेटिङको चर्चा चल्ने गरेको प्रशंग उल्लेख गर्नुहुदै पत्रकारिता क्षेत्रमा त्यस्तो हुुन नहुने बताउनुभयो । उहाँले पत्रकार महासंघको सदस्यता मापदण्ड सहि भएन भने यसको अस्थित्वनै समाप्त हुने खतरा रहेको उल्लेख गर्नु भयो ।

प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलको सभापतित्वमा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, प्रचार विभाग प्रमुख हरि ओली, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपाल बागमति प्रदेश कमिटीका महासचिव प्रकाश दहाल, दोलखा सचिव ताराबहादुर महत लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष जीवन लामालाई बुद्धिमान स्मृति पत्रकारिता पुुरस्कार– २०८१ बाट पुरस्कृत गरिएको थियो भने प्रेस चौतारीको तर्फबाट पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित रामेछापका नवराज पथिक र दोलखाका लक्ष्मण थामी तथा बागमति प्रदेश सदस्यमा निर्वाचिन दोलखाका राजन थामीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी प्रेस चौतारी नेपाल दोलखा शाखाका पूर्व अध्यक्षहरु लाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । अधिवेशनकै अवसरमा कलम चौतारी स्मारीका समेत प्रकाशन गरिएको छ ।

नयाँ समिति चयन
प्रेस चौतारी नेपाल दोलखाको आठौ जिल्ला अधिवेशनले पत्रकार श्रृजन कुमार घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन समेत गरेको छ । समितिको उपाध्यक्षमा अर्जुन पाख्रीन, समावेशी उपाध्यक्षमा लाक्पाली शेर्पा, सचिवमा गणेश बुढाथोकी, कोषाध्यक्षमा फुर्वा तमाङ र सहसचिवमा सुजन थामी तथा प्रकाश वस्नेतलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा मुना गुरुङ, देवराज मगर र प्रदिप सेन्चुरी चयन भएका छन् । अधिवेशनले केन्द्रीय पार्षदमा प्रभु जिरेल, महेन्द्र श्रेष्ठ र सर्मिला बुढाथोकी तथा प्रदेश पार्षदमा तारादेवी वस्नेत र उषा तमाङलाई चयन गरेको छ ।



Source link