23.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठखोटाङ कुवेत सम्पर्क मञ्च कुवेतद्वारा दुवै मृगौला पिडितलाइ २० हजार रुपैयाँ सहयोग

खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतद्वारा दुवै मृगौला पिडितलाइ २० हजार रुपैयाँ सहयोग

खोटाङ कुवेत सम्पर्क मञ्चका युवा संयोज तथा नेफेसो कुवेतका अध्यक्ष प्रकाश चाम्लिङ सहयोग रकम हस्तान्तरण गर्दै

दिलकुमार पाख्रीन/ १४ अप्रील, कुवेत। दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मा काहुलेका दुवै मृगौला पिडित छविलाल मगरलाई मञ्चका खेलकुद विभाग प्रमुख पन्चु राइको बिशेश पहलमा खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा उपचारका लागि २० हजार १ सय नेपाली रुपैयाँ आर्थिक सहयोग गरेका छन। उक्त सहयोग रकम खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतका युवा संयोजक तथा नेफेसो कुवेतका अध्यक्ष प्रकाश चाम्लिङ राइले आज पिडित निवासमा पुगि हस्तान्तरण गरेका छन।

झन्डै दुई महिनादेखी दुवै मृगौलामा समस्या देखिएका मगर काठमाडौस्थित सुमेरु अस्पतालमा उपचार गराइरहेका छन। उनको दुवै मृगौलाले काम नगरेपछी डायलासिस गराइरहनुपर्ने पिडित परिवार बताउँछन। दुई महिनादेखी उपचार गराइरहँदा धेरै खर्च भैसकेकोले आफुहरु अर्थिक चपेटामा परेको बताउँदै देश विदेशबाट सहयोगको अपिल गरेको उनिहरु बताउँछन। अहिले विभिन्न देशबाट विभिन्न संस्था तथा ब्यक्तित्वहरुले धेर थोर सहयोग जुटिरहेको छ।

- Advertisement -

डाक्टरका अनुसार उनको मृगौला प्रत्यारोपण गर्न मात्र पनि ८ देखि १० लाख सम्म लाग्न सक्छ। तर अभियान भखरै सुरु हुँदै गरेको भएको कारण उपचारका लागि आवास्यक रकम पुरा नभएको कारण थप सहयोगका लागि पिडित परिवारले सबै सामु अपेक्षा गरेका छन।

खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत “भाषा अनि संस्कृतीमा विविधता, बिकास निर्माणमा हाम्रो ऐक्यबद्धता ” भन्ने मुल नाराका साथ निबर्तमान अध्यक्ष मन्जित चाम्लिङ राईको पहलमा २०११ मा खोटाङ जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेतमा रहेको खोटाङगेहरुलाइ एकबद्ध बनाइ भैपरेको बेलामा एक अर्कामा सहयोग गर्ने हेतुले स्थपना भएको हो। यश संस्थाले खोटाङका मात्रै होइनन आपात बिपदमा परेका थुप्रैलाइ सहयोग गर्दै आइरहेका छन।

विजय धामी
विजय धामीhttp://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments