Skip to main content

Rd Creation

खोटाङ कुवेत सम्पर्क मञ्च र किरात राई यायोक्खा कुवेतद्वारा खोटाङका टुहुरा परिवारलाइ ५० हजार सहयोग

दिलकुमार पाख्रीन/ १९ नोभेम्बर, कुवेत। हलेसी तुवाचुङ नगरपालिकाका एक टुहुरा परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत र किरात राई यायोक्खा कुवेतले संयुक्त रुपमा ५० हजार आर्थिक सहयोग गरेको छ। अनिच्छुक गर्भपतन गराउने क्रममा २०७३ सालमा स्वास्थ्यकर्मिहरुको लापरबाहीले अकालमै ज्यान गुमाएकी तलकुमारी राई र गत साउनमा करेन्ट लागेर मृत्यु भएका चन्द्र किरातको ५ छोरी २ छोराहरुलाइ गाँस बास कपास र उच्च शिक्षाका लागि उक्त आर्थिक सहयोग गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित राइले बताएका छन।

Advertisements

कुवेतबाट दुई संस्थाले गरेको उक्त सहयोग रकम गत सोमबार हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राइद्वारा पिडित मध्यकी जेठी दिदिलाइ एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ।

आमाको मृत्यु भएको दुई बर्ष नबित्दै पिताले पनि ज्यान गुमाएपछी एकै परिवारका ७ जना टुहुरा बनेका थिए। यो बिसयमा स्थानिय तथा देश विदेशबाट विभिन्न मिडियाबाट समाचार छापिए पछि देश विदेश गरि विभिन्न ब्याक्तित्वहरु तथा संस्थाहरुले आर्थिक सहयोग गरिरहेको छ। देश विदेशबाट सहयोग आउन थालेपछी जेठी छोरिको नाममा माछापुच्छ्रे बैंकको शाखामा खाता खोलेर जम्मा गराइरहेको छ। हालसम्म पिडित परिवारको लागि उक्त खातामा १३ लाख १२ हजार ४९१ रुपैयाँ जम्मा भएको स्रोतले जनाएको छ।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.