Thursday, January 22, 2026
spot_img
HomeEnglish Newsगगनले भने: हावादारी कुरा नगरौँ, पार्टी विघटन भए मात्रै ०८४ पछि महाधिवेशन...

गगनले भने: हावादारी कुरा नगरौँ, पार्टी विघटन भए मात्रै ०८४ पछि महाधिवेशन हुनसक्छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औँ महाधिवेशन २०८४ को निर्वाचनपछि गर्न नमिल्ने बताएका छन्। शनिवार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै गगनले यस्तो बताएका हुन्।

पछिल्लो समय कांग्रेसको महाधिवेशनको मितिबारे नेताहरू भिन्न भिन्न भाषा बोलिरहेका छन्। पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले आम निर्वाचनको थोरै मात्र अघि पार्टीको महाधिवेशन गर्दा निर्वाचनमा समस्या हुने भन्दै ०८४पछि महाधिवेशन गर्न सकिने भन्दै बोलिरहेका छन्। 

‘केही नेताहरू अधिवेशनबारे बोल्नुभएको छ,’ गगनले भने, ‘तर नेपालको संविधान कानुन सबै कुराले २०८४ चुनावपछि महाधिवेशन गर्ने भन्ने कुरा दिँदैन।’

कतिपय नेताले एउटा सानो पार्टी ल्याएर मिसाएर समय थप्न मिल्छ भनेर भनेको तर्फ पनि गगनले टिप्पणी गरे । ‘त्यो भए त कुनै पार्टीले कहिले पनि अधिवेशन नगरे हुन्छ । म पार्टीको सभापति भए पहिला सानो पार्टी बनाइदिन्छ, अनि पाँच वर्षपछि त्यसलाई मिलाइदिन्छु अनि म्याद थप्यो भइहाल्यो नि,’ उनले भने। यस्तो हावादारी कुराका पछाडि नलाग्न पनि उनले पार्टी नेता कार्यकर्तालाई आग्रह गरे। उनले भने, ‘त्यसैले यस्तो हावादारी कुराको पछि नलागौँ, ५ वर्षपछि पनि समय थप्ने भनेको भएको पार्टी विघटन भएको अवस्थामा मात्रै हो ।’

प्रकाशित: २६ माघ २०८१ १६:३३ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments