Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठगायक विशाल पाख्रीनको "लभ्ली माइली" सार्वजनिक

गायक विशाल पाख्रीनको “लभ्ली माइली” सार्वजनिक

आर डि क्रीएशन/ मे १५ कुवेत। निक्कै लामो समयदेखी कुवेतमा कार्यरत विशाल पाख्रीनले आफ्नो वैदेशिक रोजगारी संगै गीतसंगितलाइ पनि अघि बढाइरहेका छन। गीत संगीतलाइ आफ्नो नजिकको मित्रको रुपमा हेर्ने विशाल यतिबेला गीतसंगितमा नै भविस्य खोजिरहेका छन। भविस्य खोज्दै जाने क्रममा आजै मात्र उनको “लभ्ली माइली” उनको आफ्नै युट्युब च्यानल विशाल मिडियाबाट सार्वजनिक भएको छ। त्यसो त बिशाल पाख्रीनले यो भन्दा अघि पनि आफ्नो र अरुको शब्द/लयमा झन्डै एक दर्जन गीत गाइसकेका छन। आफ्नो कामलाई बढी प्राथामिकता दिइनुपर्ने भएकोले बचेको समयलाई मात्र गीत संगीतमा खर्चिनु परेकोले लामो समयपश्चात लभ्ली माइली सार्वजनिक गरेको बताउने पाख्रीनले यश गीतबाट पनि विगतका गीतहरुमा जस्तै दर्शक स्रोताको मायाको अपेक्षा गरेका छन।

जिग्मे मिडिया प्रोडक्सनबाट अभि लामको निर्देशनमा विशाल पाख्रीन र चर्चित गायिका पुर्णिामा लामाको मीठो आवाजले सजिएको गीत विशाल मिडिया यु ट्युब च्यानलबाट सार्वजनिक भएको छ। यश गीतको शब्द विशाल पाख्रीन आफैले गरेका छन भने संगीत नेपाली तामाङ सेलो बेसमा दर्शक स्रोताले अत्याधिक मन पराइएका गायक विश्व दोङ्ले गरेका छन। यश गीतलाइ दिपेश प्रधानले मिक्सिङ गरेका छन।

विशाल पाख्रीनको लभ्ली माइलिमा बुगिवुगिबाट खुव चर्चा कमाएका सरोज मोक्तान, चर्चित मोडलद्वय सम्झना लामा र शाना लामाको अभिनय देख्न सकिन्छ भने यश गीतको भिडियोलाइ सुर्य लामाले एडिट गरेका हुन। लभ्ली माइलीको निर्माता विशाल पाख्रीन, माया तामाङ र लक्ष्मण स्याङ्बो हुन।
भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस
https://youtu.be/pcJY1pA4TYk

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments