Thursday, January 22, 2026
spot_img
HomeEnglish Newsगृहमन्त्री र आन्दोलनरतपक्ष बीच आज वार्ता नहुने

गृहमन्त्री र आन्दोलनरतपक्ष बीच आज वार्ता नहुने


प्याबसनको प्रदेश स्तरीय कार्यक्रमका लागि धनगढी पुगेका गृहमन्त्री लेखक काठमाडौं फर्कन समय लाग्ने भएपछि आन्दोलनरत पक्षसँग भेटवार्ता नहुने भएको हो । विमान डिले भएपछि गृहमन्त्री काठमाडौं फर्कन समय लागेको हो ।

मन्त्री आज फर्किए पनि साँझ मन्त्रिपरिषद् बैठक भएकाले आन्दोलनरत पक्षसँग तय भएको छलफलको सम्भावना नरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म निर्माणाधीन पाथिभरा केबलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधिसँग संवाद भएको र उनीहरुले गृहमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्न खोजेकाले आफूले समन्वय गरेको ताप्लेजुङका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले बताएका थिए ।

उनले आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्तामार्फ़त समस्याको समाधान गर्न उनले अनुरोध गरेका छन् ।

यसअघि आइतबारै ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको थियो ।

केबलकारको माथिल्लो स्टेसनमा थालिएको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच माघ २२ गते सहमति भएको थियो । सरकारसँगको सहमतिसँगै उक्त समूहले पूर्वका विभिन्न जिल्लामा गरेको चक्काजाम लगायतका कार्यक्रम स्थगित भएको थियो ।

सरकार र आन्दोलनरतपक्षबीच ६ बुँदे सहमति हुँदा माघ २७ (आज) पुन: विस्तृत छलफल गर्ने गरी सहमति जुटेको थियो ।आइतबारको वार्तामा आन्दोलनरत पक्षले उच्च राजनीतिक नेतृत्वसँग मात्र वार्ता गर्ने अडान लिएपछि वार्ता विनाकुनै निष्कर्ष टुंगिएको हो।सरकारको तर्फबाट गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको रआन्दोलनरत पक्षले प्राज्ञ अम्बर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेर वार्ता हुँदै आएको थियो ।

तर आन्दोलनरत पक्षले सरकारी पक्षले यसअघि भएको सहमति कार्यान्वयन नभएको र कर्मचारीसँग नभइ राजनीतिक नेतृत्वसँग वार्ता गर्ने अडान राखेका थिए ।सरकारले वार्ता समिति बनाएकोमा स्वागत गर्दै आफ्नो पक्षबाट समेत वार्ताका लागि समिति बनाएको आन्दोलनरत पक्षले आज भने मन्त्रीसँग यसबारे छलफल गर्ने अडान लिएको हो ।

गत वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई बिना शर्त रिहा गर्ने सहमति भएको भए पनि सहमति विपरीत सरकारले उनीहरूलाई धरौटीमा रिहा गरेको भन्दै आन्दोलनरत पक्षले असन्तुष्टी जनाएको छ । यसैबीच, वार्ताप्रति सरकार संवेदनशील नबनेको र आन्दोलनरत पक्षलाई थकाउने रणनीतिमा देखिएको भन्दै आन्दोलनरत समूहले थप संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

उनीहरुले फागुन ६ देखि ८ गतेसम्म मुक्कुम्लुङ बचाऔं पदयात्रा कार्यक्रम गर्ने घोषणा गरेका छन् । त्यस्तै केवलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ गर्ने पनि कार्यक्रम राखेका छन्।

केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने र काठमाडौं, इटहरी र बिर्तामोडमा केबलकार विरोध सभा आयोजना गर्ने उनीहरूको तयारी छ ।

पाथीभरा क्षेत्रमा  आन्दाेलनरत  पक्षले गृहमन्त्री रमेश लेखकसँग  तत्काल  छलफल नगर्ने  भएका छन् । एमाले सचिव  तथा ताप्लेजुङका सांसद योगेशकुमार भट्टराईकाे समन्वयमा मन्त्री लेखकसँग छलफल  गर्ने तयारी भएकाे थियाे ।

साेमबार  ६ बजे दुवै पक्षबीच छलफलका लागि समय  व्यवस्थान भएकाे थियो । तर पहिला राजनीतिक  नेतृत्वसँग छलफल गर्ने भनेका आन्दाेलनकारीले नै मन्त्री लेखकसँग छलफल गर्न पछाडि हट्ने स‌ंकेत गरेका छन् । किराँत याक्थुङ चुम्लुङका कार्यवाहक महासचिव यासेली योङहाङले गृहमन्त्रीसँग भेटवार्ता ‘नो केबुलकार’ पक्षबाट नहुने बताए । ‘गृहमन्त्रीसँग भेटवार्ताको जो कुरा छ, हामीले भेटवार्ता गर्ने भनेका छैनौँ र हामी जाँदैनौँ,’ उनले  भने ।

ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा केबुलकार निर्माण खारेजीको माग गर्दै आएको ‘नो केबुलकार’ पक्षले डेढ साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सरकारले केबुलकार निर्माण खारेजी नगरेको भन्दै असन्तुष्ट ‘नो केबुलकार’ पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments