9.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeखेलकुदगैरआवसिय नेपा...

गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA/NCC) कुवेतद्वारा अन्तर नेपाली भलिबल प्रतियोगिता हुने

दिलकुमार पाख्रीन/२९ डिसेम्बर, कुवेत। हाला फेब्रुअरी अन्तरगत कुवेतको नेश्नल डे र लिबरेशन डेको अवसरमा गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा अन्तर नेपाली भलिबल प्रतियोगिता आगामी फेब्रुअरी २५ तारिक मिस्रफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा आयोजना हुने भएको छ।

दुखी पिडितहरुको उद्दार संगै र सामाजिक कार्य संगै एन आर एन ए कुवेतले खेलकुदमा सकृयता देखाएको छ। गत २७ डिसेम्बरका दिन ज्लिबस्तिथ दि नेपा फुडल्यान्ड नेपाली रेस्टुरेन्टमा अध्यक्ष सुजन केसिको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अनुसार उक्त प्रतियोगिता हुन लागेको एन आर एन ए का युवा संयोजक नवराज पराजुलीले आर डि क्रीएशनलाई जानकारी दिएका छन। उनले इन्डोर खेल मैदान बुकिङ भैसकेको र आवस्यक तयारिमा एन आर एन ए लागिसकेको जानकारी गराएका छन।

प्रतियोगिताका प्रथम पुरस्कार १५१ केडि नगद, शिल्ड र प्रमाणपत्र, द्वितीय पुरस्कार १०१ केडि नगद शिल्ड र प्रमाणपत्र र सान्त्वना पुरस्कार ५१ केडि नगद शिल्ड र प्रमाणपत्र रहेको छ। प्रतियोगितामा बेस्ट प्लेयर अभ दि टुर्नामेन्ट एक जनालाइ १५ केडि नगद र ट्रफी, बेस्ट टिम अभ दि टुर्नामेन्ट एउटा टिमलाइ २५ केडि नगद र ट्रफी समेत रहेको छ। उक्त प्रतियोगिताको प्रवेश शुल्क २१ केडि तोकिएको छ। उक्त प्रतियोगितामा भाग लिन स्पोर्ट्स जुत्ता र टिम जर्सी अनिवार्य गरिएको छ। कुवेतको भिआइपी एरियामा प्रतियोगिता हुने भएकोले उच्च सुरक्षाको रणनीति अपनाइएकोले प्रतियोगी सबै खेलाडिहरुले नाम दर्ता संगै सिभिल आइडिको कपि अनिवार्य बुझाउनुपर्नेछ।

टिम दर्ता गर्ने समय, मिति र खेलको आचार सहिँता अर्को समाचारद्वारा सु सुचित गर्ने बताउँदै इच्छुक खेलाडिहरुलाइ तयारी रहनका लागि गौरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष सुजन केसिले अनुरोध गरेका छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू