20.1 C
Kathmandu
Monday, September 16, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठचार उपसमिती गठन गर्दै गैरआवसीय नेपाली संघ NRNA कुवेतको पहिलो बैठक सम्पन्न।

चार उपसमिती गठन गर्दै गैरआवसीय नेपाली संघ NRNA कुवेतको पहिलो बैठक सम्पन्न।

राम्रो दृष्टि/ ७ अगस्ट, कुवेत। गैरआवसीय नेपाली संघ NRNA कुवेतको नव निर्वाचित कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ। गत ५ अगस्ट बिहिवार साँझ कुवेत सिटिको मलियास्थित एसिया एसिया होटलमा नव निर्वाचित अध्यक्ष रण ध्वोज लामाको अध्यक्षतामा चार उप समिती गठन गर्दै सो बैठक सम्पन्न भएको NRNA कुवेतका नव निर्वाचित महासचिव दिलकुमार पाख्रीनले जानकारी दिएका छन।

गत २०१९-२१ को सुजन केसिको कार्यकालले NRNA लाइ एउटा राम्रो मार्ग निर्देशन गरेको र त्यसलाई अझ फराकिलो र सरल तरिकाले त्यो भन्दा अझ राम्रो गर्ने उदेश्यले विभिन्न चार उपसमितिहरु गठन गर्नुपरेको महासचिव पाख्रीनले बताएका छन। “अझ फरक ढङ्गबाट चुस्त दुरुस्त र पारादार्शिता सहित spot action मा जान सक्ने गरि हामिले उपसमितिहरु निर्माण गरेका छौँ। चाँडै नै त्यस्को reflection कुवेतको नेपाली समाजमा देखिनेछ।” नवनिर्वाचित अध्यक्ष रणध्वोज लामाले बताए।

NRNA कुवेतले कुटनैतिक सहयोग र दूतावास संग सहकार्यको लागि अध्यक्ष रणध्वोज लामाको संयोजकत्वमा ५ सदस्यीय “coordination committee” बनाएको छ। जसमा रणध्वोज लामा, दिलकुमार पाख्रीन, रमिता योन्जन, मनिष केसि र सुर्य लामा रहेको छ। यश कमिटिले कुवेत भित्रका नेपाली श्रमिकहरुबाट NRNA मा आएका समस्याहरुलाइ हल गर्न नेपाली दूतावास संग समन्वय र सहकार्य गरि समस्याको हल गर्नेछ। त्यस्तै उपाध्यक्ष माधब शाहिको संयोजकत्वमा “spot reporting committee” बनाइएको छ। यसमा माधब शाही, जीवन बिक, नबराज पराजुली,जयनारायण थारु र सजिना गुरुङ रहेका छन। यो समितिले संस्थामा उद्दार तथा सहयोगका लागि आएका निवेदनहरुलाइ सम्बन्धित ब्यक्तिसंग प्रत्यक्ष भेटेर वहाँहरुको समस्यालाइ spot reporting गर्नेछ। त्यो रिपोर्टिङको आधारमा मुल कार्यसमितिले सहयोग गर्नेछ। यदि त्यो समस्या हल गर्न कुटनैतिक सहयोग चाहिएमा coordination committee ले नेपाली दूतावास संग समन्वय गर्ने गरि यो कमिटी बनाइएको छ।

त्यस्तै NRNA कुवेतले उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा “fund raising committee” पनि निर्माण गरेको छ। जसमा उमेश पुडासैनी, मोहन राई, रेशम लामा, दामोदर बटाला र आङ नोर्बु शेर्पा रहेका छन। यश समितिले कुवेतमा वा देशमा कुनै पनि प्राकृतिक प्रोकोप वा भैपरी आउने समस्यामा आर्थिक संकलन गर्नुपरेको खन्डमा आर्थिक संकलन सुरु गर्नेछन। यसै गरि NRNA कुवेतका २००१ जना पञ्जिकृत सदस्यहरुलाइ सहुलियत दिलाउने उदेश्य सहित एउटा अर्को committee निर्माण गरेको छ। जसमा प्रवक्ता केशर घलान तामाङको संयोजकत्वमा विजय धामी र माधब शाही गरि तीन सदस्यीय समिती बनेको छ। यश समितिले भने पञ्जिकृत सदस्यहरुलाई सहुलियत दिलाउन विभिन्न कम्पनी, सुपरमार्केट, रेस्टुरेन्ट, एक्सचेञ्ज तथा एयरवेज कम्पनिमा भिजिट गरि सहुलियत दिलाउन कामहरु गर्नेछन।

सम्पन्न उक्त बैठकले संरक्षक, सल्लाहकार, प्रवक्ता तथा ५ जना सदस्य समेत मनोनित गरेको छ। संरक्षकमा राजेन्द्र तामाङ, अर्जुन तामाङ, सुमित्रदेवी पौड्यल र सुजन केसि रहेका छन भने सल्लाहकार समितिमा प्रमुख सल्लाहकार अमित राई, सल्लाहकारहरुमा आनन्द आचार्य, गणेश रावत, लोमस बास्तोला र नैनाकला राई रहेका छन। प्रवक्तामा केशर घलान तामाङ मनोनित गरिएको छ भने कार्यकारिणि सदस्यहरुमा मोहन राई, श्रवण गाह मगर, हेमराज भन्डारी, भुपेन्द्र शारु मगर र कृष्ण घिमिरे मनोनित भएका छन।

बैठकले, राहत कोष संग समब्न्धित समिती र त्यसको ब्यबस्थापन बारेमा अर्को बैठकमा निर्णय गर्ने भएको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments