25.1 C
Kathmandu
Thursday, April 24, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठचितवन सेवा समाज कुवेतद्वारा आयोजित "चितवन धमाका-३" भब्य सम्पन्न

चितवन सेवा समाज कुवेतद्वारा आयोजित “चितवन धमाका-३” भब्य सम्पन्न

आर डि क्रीएशन/ २५ फेब्रुअरी, कुवेत। चितवन सेवा समाज कुवेतद्वारा आयोजित चितवन धमाका-३ गत शुक्रबार ज्लिबस्थित नटिङ्घम ब्रीटिश स्कुलको हलमा भब्यताका साथ सम्पन्न भएको छ। नेपालबाट अतिथिको रुपमा आमन्त्रित अत्यन्तै ख्यातिप्राप्त कलाकार द्वय मेलिना राइ र रमेशराज भट्टराईको साथमा सो कार्यक्रम सम्पन्न भएको हो।

NishanPhotos Barahakshetra -5 -

चितवन सेवा समाज कुवेतले आफ्नो वार्षिकोत्सवको अवसर पारेर हरेक बर्ष धमाका गर्दै आइरहेको छ। यस अघि चितवन धमाका-१ र चितवन धमाका-२ गरिसकेका थिए। यसपाली आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा पनि अतिथी कलाकार द्वय मेलिना राई र रमेशराज भट्टराई तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिहरुसंगै धमाका तीन कार्यक्रम सम्पन्न गरेका छन।

आयोजक संस्थाका अध्यक्ष नवीन लोप्चनको सभापति तथा नेपाली दूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो धमाकाको पहिलो औपचारिक कार्यक्रम दिलकुमार पाख्रीन र पुर्णिमा मगरले सहजीकरण गरेका थिए भने दोस्रो अनौपचारिक कार्यक्रम सुरेश ग्याबाले सहजीकरण गरेका थिए।

निर्धारित समय भन्दा निक्कै ढिला सुरु भएको सो कार्यक्रममा तीन दिनारको टिकट काटेर कार्यक्रम हेर्न आउने दर्शकहरुको मनोभावनालाई मनन गर्दै छोटकरीमा औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो। जसमा सभापति, प्रमुख अतिथी र बिशेष अतिथी एन आर एन ए कुवेतकी अध्यक्ष सुमित्र देवि पौड्यलले दिप प्रज्वालन गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रमा उपस्थित भएका महानुभावहरुलाइ स्वागत गर्दै आयोजक संस्थाका महासचिव तथा कार्यक्रमका संयोजक जीवन कुमार बिकले स्वागत मन्तव्य राखेका थिए। त्यस्तै गरि पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, एन आर एन ए कुवेतकी अध्यक्ष सुमित्रा देवि पौडेल र प्रमुख अतिथी ज्ञानेन्द्र शर्माले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा चितवन जिल्लामा अवस्थित पर्यटकीय स्थल र चितवन जिल्लाको बारेमा संस्थाका सल्लाहकार सुरज मास्केले उपस्थित सबैलाइ जानकारी गराउँदै शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा आयोजक संस्थाले स्थानिय कलाकारहरुलाइ सम्मान पत्र र अतिथी कलाकारहरुलाइ दोसल्ला ओढाइ मायाको चिनो द्वारा सम्मान गरेका थिए। साथै किरात राई यायोक्खा कुवेतले पनि अतिथी कलाकार द्वय रमेशराज भट्टराई र मेलिना राइलाइ मायको चिनोद्वारा सम्मान गरेका थिए।

रमेशराज भट्टराईको बेहुला बनाउँछु भन्थी बहुला बनाएर गैइ जस्ता दर्जनौं हिट गीतहरुले तताएको माहोल मेलिनाको तिम्ले बाटी फेरेउ अरे भन्ने गीतमा दर्शकहरुले रेस्ट लिइरहेका थिए। फेरि मेलिनाको रिटिङ रिटिङ नबजाउ बिनायो देखि हावा चल्यो सिरिर हुँदै तीन बर्षमा एक महिना नि गाउँमा न आउने, क्यरी होला यस्तासंग माया पलाउने भन्ने हिट गीत सम्म आइपुग्दा दर्शकहरु पसिनाले निथ्रुक्कै भिजिसकेका थिए।

NishanPhotos Barahakshetra -5 -

पुनः दोस्रो चरणमा रमेशराज भट्टराईको बेहुला बनाउँछु भन्थे भन्ने गीतले दुई पटकसम्म वान्स मोर पाए। कार्यक्रममा मेलिना राइको गीतमा नाच्ने उदेश्यले पुगेका दर्शकहरु, माहोल यस्तो बन्यो कि मेलिनाको गीतमा भन्दा रमेशराज भट्टराईका गीतहरुमा बढी नाचेर घर फर्के।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

20224 मा विश्वको व्यस्तताका बीच अन्तर्राष्ट्रिय एयरपोर्ट हडडान एयरपोर्ट – एयरपोर्ट काउन्सिल अन्तर्राष्ट्रिय

20224 एयरपोर्ट रैंकिसले एक पूर्वावलोकन दोथाको हडौना अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो जुन विश्वको शीर्ष 10 पेस्टरको बीचमा अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो। यो महिना, एयरपोर्ट...
- Advertisment -spot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू