HomeEnglish Newsच्याम्पियन्स ट्रफी : खेलाडीको चोटले न्युजिल्यान्डलाई सास्ती, सियर्सको स्थानमा जाकोबलाई मौका

च्याम्पियन्स ट्रफी : खेलाडीको चोटले न्युजिल्यान्डलाई सास्ती, सियर्सको स्थानमा जाकोबलाई मौका

च्याम्पियन्स ट्रफी क्रिकेट सुरु हुनै लाग्दा न्युजिल्यान्डलाई भने खेलाडीहरुको चोटले समस्यामा पारेको छ। चोट बोकेका  अनुभवी र भरपर्दा खेलाडीलाई बाहिरै राखेर ट्रफीका लागि टोली घोषणा गरेको न्युजिल्यान्डलाई पुनः अर्का खेलाडीको चोटले अप्ठ्यारोमा पारेको हो।

ह्यामस्ट्रिङको चोटका कारण तीव्र गतिका बलर बेन सियर्स बाहिरिएपछि न्युजिल्याण्डले उनको स्थानमा अर्का पेसबलर जाकोब डफीलाई टोलीमा बोलाएको हो। ३० वर्षीय जाकोबले अहिलेसम्म मात्र १० वटा एकदिवसीय खेलेका छन्। ती खेलमा उनले १८ विकेट झारेका छन्। उनले अन्तिम खेल गत जनवरीमा हेमिल्टनमा श्रीलंकाविरुद्ध खेलेका थिए। उक्त खेलमा उनले २ विकेट लिए।  

न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा आगामी बुधबार आयोजक पाकिस्तानविरुद्ध खेल्नेछ।  

न्युजिल्यान्ड टोली : मिचेल स्यान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, विल ओुरोर्क, ग्लेन फिलिप्स, रचिन रविन्द्र, नाथन स्मिथ, केन विलियम्सन, विल यंग, ​​जैकब डफ।

प्रकाशित: २ फाल्गुन २०८१ १३:१६ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments