7.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठजनतालाइ नपचेक...

जनतालाइ नपचेको १२ औँ गणतन्त्र

दिलकुमार पाख्रीन/ मे ३० कुवेत। नेपाली दूतावास कुवेतको आयोजनामा हिजो १२ औँ गणतन्त्र दिवस सम्पन्न भएको छ। नेपाली दूतावास कुवेतको नव नियुक्त महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो। दूतावासकै सभागृहमा सम्पन्न कार्यक्रममा जति कडा मिहेनतका साथ गणतन्त्र स्थापना गरिएको थियो त्यत्तिको उल्लासतपुर्वक श्रमिकहरुको उपस्थिति थिएन। एन आर एन ए, पत्रकार महासंघ, आदिवासी जनजाती महासंघ लगाएतका केही संस्थाका प्रतिनिधिहरु र समाजमा बुद्धिजीवी र समाजसेवी कहलिएका केही ब्याक्तित्व बाहेक खासै खासै बढी उपस्थिति थिएन।

नेपाली दूतावास कुवेतकी द्वितीय सचिव जानकी ओझाले सहजीकरण गरेको उक्त कार्यक्रममा उपस्थित भएका केही ब्याक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए, जसमा एन आर एन ए कुवेतकी अध्यक्ष सुमित्रादेवी पौडेल, समाजवादी बुद्धिजीवी राजेन्द्र तामाङ, एन आर एन ए महासचिव हरि लावती, किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित राइ, निवर्तमान आइ सि सि सदस्य सुजन केसि, जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष गणेश रावत, नयाँ शक्ति नेपालका प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाजका महासचिव जयनारायण थारु, परदेशी खबर डट कमकी प्रधान सम्पादक नैनाकला राई लगाएतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए। मन्तव्यमा वक्ताहरुले दशौँ बर्षे सशस्त्र जनयुद्धको जगमा टेकेर बढो कठिनता पुर्वक प्राप्त गरेको गणतन्त्रले ११ रौं वसन्त पार गरिसक्दा पनि जनताले गणतन्त्रको महसुस नभएको बताएका थिए। मन्तव्यको क्रममा बुद्धिजीवी समाजसेवी राजेन्द्र तामाङले नेपालका बिकासका ठेक्का लिएका नेताहरुले लोकतान्त्रिक गणतन्त्रको अर्थ नबुझेको टिप्पणी गर्दै कसैले बलात्कार पछि हत्या गर्दा पनि सजाय नपाउने कसैलाइ गोरुको मासु खाएको निहुँमा गोलिठोक्नले गणतन्त्र सहि मानेमा नरहेको बताएका छन। उनले घुमौरो पारामा जातिय विभेदको कुरालाइ उजागर गर्दै नाकको लम्बाइ नापी नापी नातावाद र क्रीपावादमा लिप्त भएर शैक्षिक योग्यता र उनको सक्षमतालाइ लेखाजोखा नगरी आफ्नोपनको रक्षा गरेकोले नेपाली गणतन्त्रले लोकको इच्छा र मर्म बुझ्न नसकेको बताएका छन।

मन्तव्यकै क्रममा पत्रकार महासंघ कुवेतका महासचिव आनन्द आचार्यले लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा पनि प्रेस स्वतन्त्रतामाथी हस्तक्षेप भएको बताएका थिए। प्रेस स्वतन्त्रताको घाँटी निमोठने गरि प्रेस विध्ययक ल्याएको प्रती असन्तुष्टि जाहेर गर्दै यसता किसिमका गतिविधि नरोकेसम्म नेपाली जनताले गणतन्त्रको मूल्य मान्यता बुझ्न नसक्ने र गणतन्त्रको प्रत्याभूत गर्न नसक्ने बताएका छन।

साँझ ५ बजेबाट भनिएको कार्यक्रम लगभग ६ बजेबाट सुरु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त राजदूत भन्डारिले यत्तिका त्याग र तपस्याका वावजुद प्राप्त भएको गणतन्त्र नेपालमा मात्र नभई विश्वभरका सबै दूतावासहरुले धुमधामका साथ मनाइरहेको बताउनुभयो। वहाँले वक्ताहरुको असन्तुष्ट पक्षहरुलाइ सम्बोधन गर्दै दुई तिहाइ छ भन्दैमा त्यो सरकारसंग फु मन्तर गरेर देश एकै दिनमा बिकशीत बनाउन सक्ने जादु नरहेकोले सकारात्मक सोँच राखेर सबैले साथ दिए बिकासको दुरिबाट हामी धेरै टाढा नरहेको बताउनुभयो। अन्तमा महामहिम राजदूत भन्डारिले कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिनुभएका सबैलाई धन्यवाद दिँदै कार्यक्रम विसर्जन भएको घोषणा गर्नुभएको थियो।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments