Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठजनता बैंकले कुवेतबाट पनि सेवा सुचारु गर्ने

जनता बैंकले कुवेतबाट पनि सेवा सुचारु गर्ने

आर डि क्रीएशन/ १७ डिसेम्बर, कुवेत। नेपालमा लामो समयदेखि सेवाग्राहिको मन जित्न सफल जनता बैंक लिमिटेडले कुवेतबाट पनि आफ्नो बैंकिङ सेवा सुचारु गर्ने भएको छ। जनता बैंक नेपाल लिमिटेड नेपालमा १७००० एजेन्सी सञ्जाल छन्, जुन सबैभन्दा उच्च नेटवर्क हो। यसको १२८ शाखाहरु, २ विस्तार काउन्टहरू र ४४ शाखाहीन बैंकिंङ छन्। जनता बैंकले हरेक बर्ष आफ्नो शाखा र एजेन्ट सञ्जाल बिस्तार गरिरहेको छ। यस वर्ष पनि १४० भन्दा बढि शाखाहरु बिस्तार गरिरहेका छन। खाता क्रेडिट लेनदेनको लागि ब्याक अप शुल्क समेत राखिएको छैन। ग्राहकहरूको लागि उत्कृष्ट दर प्रदान गर्दै आइरहेको यो बैंकले ग्राहकहरुको लागि अनलाइन खाता खोल्न सकिने समेत सुबिधा दिएको छ। www.janatabank.com.np मा गएर लगइन गरि ग्राहकले खाता खोल्न सक्दछ। जनता बैंक लिमिटेडले ए आर यू एक्सचेंजको साथ लिई २०१९ जनवरी देखि कुवैतबाट रेमिट्यान्स रिसेप्शन सेवा सुरु गर्ने भएको छ। यश बिसयमा थप जानकारी र सेवा सुचारु गर्नको लागि बैंकका प्रतिनिधि टोलि १८ डिसेम्बरका दिन कुवेत आउने भएका छन। उक्त टोलि २१ तारिक तीन दिनको बसाइ पछि स्वदेश फर्किने स्रोतले जनाएको छ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments