Skip to main content

Rd Creation

जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पुरा

आर डि क्रीएशन/ २४ सेप्टेम्बर कुवेत। नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पूरा भएको समितिका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक ईन्द्र पौडेल “कृष्ण”ले जानकारी दिएका छन।

Advertisements

कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनानुसार जनसम्पर्क समिति कुवेतले पनि आफ्नो तेश्रो अधिवेशन तथा आठौं वार्षिकोत्सब गर्न लागेको बताइएको छ।

नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री तथा पुर्बगृहमन्त्री पुर्ण बहादुर खडकाको प्रमुख आतिथ्यमा कुवेतको फर्वानियास्थित सेफ नौसाद होटेलमा सो कार्यक्रमको आयोजना गरिएको छ।

पुर्वस्वास्थमन्त्री समेत रहनु भएका कांग्रेस केन्द्रिय सदस्य गगन कुमार थापा समेत कुवेत आउने कुरा थियोे र त्यहीअनुसार हामीले कुवेतबासीलाई जानकारी गराएका थियौं तर पार्टीले देशैभरी चलाएको जागरण अभियानको कारणले केन्द्रबाट एक जना मात्रै प्रतिनिधि पठाउने जानकारी प्राप्त गरेका छौ समितिका सभापति कल्याण कुमार श्रेष्ठले हिमाली संचारसंगको कुराकानीमा भन्नुभयो।

साथै जनसम्पर्क समिती कुवेतको निमन्त्रणालाई सहर्ष स्वीकार्दै बिशेष अतिथीको रुपमा साउदी अरबबाट राजु सायद आउनेछन भने कतारबाट नरेन्द्र भाट र युएईबाट मनाेज गोर्खाली आउने समितिले जानकारी दिएको छ।

कुवेतमा कार्यरत सम्पुर्ण नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लगायत कुवेतमा कृयाशिल सम्पुर्ण संघसंस्थाका प्रमुख/प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, पत्रकार, खेलाडी र कलाकारहरुलाई अधिवेशनमा उपस्थितिका लागि समितिले अनुरोध गरेको छ।

तपशिल :

समय : ठिक ११ बजे
मिति : २७ सेक्टेम्बर २०१९
स्थान : सेफ नौसाद होटेल फर्वानिया, कुवेत।
आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.