Monday, April 27, 2026
spot_img
HomeEnglish Newsजब अटवामा गुन्जियो 'नेपालीले माया मार्‍यो बरिलै'

जब अटवामा गुन्जियो 'नेपालीले माया मार्‍यो बरिलै'

नयाँ वर्ष विसं २०८२ को अवसरमा नेप्लिज क्यानेडियन एसोसिएसन अफ अटवा (एनसीएओ) ले आयोजना गरेको संस्थाको साधारण सभा तथा सांस्कृतिक प्रस्तुति अधिकांश सहभागीका लागि आफू जन्मिएको माटोको सुवास दिने कार्यक्रम बन्न पुग्यो।

गत नोभेम्बर २०२४ मा स्थापना गरिएको मादले गोठाले र्‍याप्सडीका उत्तम भण्डारी र दिलीप दुलालले जनकवि केशरी स्व धर्मराज थापाको नेपालीले माया मार्‍यो बरिलैु गीत गाएर श्रोता दर्शकलाई मन्त्रमुग्ध पारे। झन्डै सात दशक पहिले नेपालीहरू रोजगारीका लागि दार्जीलिंग, आसाम, बर्मा (हाल म्यानमार), भाक्सु, देहरादुन र नैनी ताल जाने गरेको थापाले आफ्नो गीतमा उल्लेख गरेका छन्। समय फेरिएको छ, तर नेपालीहरू संसारभरि फैलने क्रम भने रोकिएको छैन।

कार्यक्रममा ब्यान्ड सदस्यहरू नवीन गौतम र दिलीप दुलालले स्व पुष्प नेपाली तथा रुबी जोशीको ‘शितल माथि नि शितलु भयो नि’ बोलको गीत गाए भने स्व झलक मान गन्धर्वको ‘तिम्रो नै माया लाग्दछ साइँली’ जस्ता कालजयी गीतहरू पनि सुनाए। डा अजय विष्ट, डा जगदीश घिमिरे, उत्तम भण्डारी, दीपक श्रेष्ठ लगायतले विभिन्न इन्स्ट्रुमेन्टमा साथ दिए।

‘हामीले नेपाली सम्पदा केन्द्र मार्फत प्रवासमा पनि नेपाली कला, संस्कृतिको संरक्षण गर्न र नयाँ पुस्तालाई हाम्रो विपुल सम्पदा हस्तान्तरण गर्न सक्दो प्रयास गरिरहेका छौँ। अटवास्थित नेपाली समुदायको सहयोगका लागि हामी आभारी छौँ,’ केन्द्रका बोर्ड अफ डाइरेक्टर तथा ब्यान्डका लिड डा विष्टले भने।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments