23.1 C
Kathmandu
Friday, September 20, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठजिफन्ट समूह साउदिद्वारा १३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने

जिफन्ट समूह साउदिद्वारा १३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने

आर डि क्रीएशन/ २५ अप्रील, कुवेत। जिफन्ट समूहले दमाममास्थित रोज रेस्टुरेन्टमा मे ३ तारीख शुक्रबार बृहत साँस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदानगरी दिवस मनाउने भएको हो ।

यसअघि साउदीमा कार्यरत श्रमिकहरुको दुख,पिडालाई सामुहिक अन्तरक्रियाका साथ शुभकामना आदानप्रदान गरी मनाउँदै आएको समूहका अध्यक्ष बुद्धिमान विश्वकर्माले बताए । उनले थपे-यसपटक भने दुख,पिडालाई अन्तरक्रियाका साथै बृहत साँस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदानगरी दिवस मनाउन लागिएको छ ।

अध्यक्ष विश्वकर्माले अन्तर्राष्ट्रिय मापदण्ड विश्वका मजदुर एक हौँ भन्ने नाराले स्थापित दिवसको अवसर पारेर गर्न लागिएको कार्यक्रममा साउदीमा रहेका श्रमिकहरुलाई उपस्थित भइ समस्यालाई एक आपसमा बाँड्न आग्रह गरे ।

” स्वदेशमा वा प्रवासमा सबैलाई सामाजिक सुरक्षा ” भन्ने नाराका साथ मनाउन लागिएको दिवसमा यहीका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिए ।

साउदीको प्राय साँस्कृतिक कार्यक्रममा देखिने गायिका लक्ष्मी तामाङ,लोकदोहोरी गायक इस्लाम मियाँ,डिके रोल्पाली गायकहरु रोशन तामाङ,समीर राई,रन राई,टेकबहादुर आले मगर,यस्ती मगर,नृत्य तर्फ धनकुमारी मगर,मञ्जु परियार,मुना तामाङ,सिरि राई,भिमकला विश्वकर्मा,बिमल राई र कमलि तामाङ रहेको समूहका संरक्षक कृष्ण तामाङले जनाए ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments