8.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठट्याक्सी व्यव...

ट्याक्सी व्यवसायी संघ कुवेतले पठायो बिरामी सहकर्मीलाई २ लाख ८ हजार सहयोग

आर डि क्रीएशन/१ जुलाइ, कुवेत। नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आफ्नै बिरामी सहकर्मीलाई २ लाख ८ हजार एकसय दश रुपैयाँ आर्थिक सहयोग पठाएको छ।

सुनसरी घर भई कुवेतमा ट्याक्सी व्यावसायीको रुपमा कार्यरत राजेन्द्र थापालाई उक्त सहयोग गरेको हो। कुवेतमा बिरामी भई उपचारको निम्ति नेपाल गएका थापालाई लामो समयसम्म नियमित औषधि सेवन गर्न र डाक्टरको निगरानीमा रहन सल्लाह दिएका कारण कार्यक्षेत्र फर्कन नसक्ने भएपछि संघमा आवद्ध सदस्यहरुबाट दामसाही रुपमा सहयोग रकम संकलन गरि उक्त सहयोग रकम पीडित सहकर्मीलाई नेपाल पठाईएको संघका अध्यक्ष सुनबहादुर तामाङले जानकारी गराउनु भएको छ।

निरन्तर उदाहरणीय कार्य गरिरहेको ट्याक्सी व्यवसायी संघले मृगौला पीडित रामेछाप जिल्ला साबिकको लखनपुर गाबिस-९ की ३५ वर्षीया उर्मिला तामाङ सहयोग अभियान सुरु गरेको छ।

रामेछाप जिल्ला साबिकको लखनपुर गाबिस-९ की ३५ वर्षीया उर्मिला तामाङको दुबै मिर्गौला काम नलाग्ने भएको र परिवारको आर्थिक अवस्थाले उपचार सम्भव नभएको कारण विभिन्न सन्चार माध्यमबाट आएको सहयोगको लागि हारगुहारलाई मध्यनजर गरि उक्त सहयोग अभियान सन्चलन गरिएको अभियानका संयोजक एवम् संघका अध्यक्ष सुनबहादुर तामाङले जानकारी गराउनु भएको छ।

संघले पीडितले नयाँ जीवन पाउन भन्ने उद्देश्यले अभियान सन्चालन गरेको र अभियानमा आफुले सक्ने सहयोग गरिदिन हुन कुवेतमा कृयाशील संघ संस्था, सहयोगी मनका धनीहरु, बुद्धिजीवी समाजसेवी महानुभावहरुमा अपील समेत गरेको छ।

सहयोगको निम्ति संघका अध्यक्ष सुनबहादुर तामाङलाई 55044349 मा सम्पर्क गर्न सक्नुहुने छ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments